घरेलु मदिरा बरामद

घरेलु मदिरा बरामद

विराटनगर,असार ३२

इलाका प्रहरी कार्यलाय रानीले अवैध मदिरा बरामद गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ।

उक्त कार्यालयको टोलीले शनिबार अपरान्ह विराटनगर–१३ भट्टीमोड एरियामा चेकजाँच गर्नेक्रममा घरेलु मदिरा बिक्रि गरेको तथा बिना ईजाजत मदिरा बेचेको भेटिएपछि ती पसलहरुबाट ४७७ लिटर घरेलु मदिरा, २०० थान विभिन्न खालका मदिरा बनाउने भाँडावर्तन र ४२ बोतल बिभिन्न ब्राण्डमा मदिरा बरामद भएको जनाएको छ।

बरामद मदिरा राजश्व कार्यालयमा बुझाइएको तथा सोही स्थानबाट बरामद भएका घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरिएको जनाईएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.