×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवाले निराश बनाए, सरकारकाे प्रतिरक्षा गर्न सक्ने अवस्था छैन : गगन थापा

३१ भाद्र २०७८

३१ भदाै, काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई महिनामै निराश बनाएको बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग नेता थापाले यस्ताे बताएका हुन् । उनले सरकारकाे कामका कारण कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गरे ।

Advertisement

गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने गर्दा प्रतिरक्षा गर्ने अवस्था नभएको भन्दै नेता थापाले पत्रकारहरुसँग भने, ‘म कांग्रेसको कार्यकर्ता, मेरो सरकारले भनेर कामको रक्षा गर्न सक्ने अवस्था छैन । हामी सबै खुम्चिनु परेको छ । मन्त्रिमण्डलको पूर्णता किन नगरेको भन्ने कुरालाई किन्तु परन्तु भनेर प्रतिरक्षा गर्नै सक्दिँन । कतिपय नगर्नुपर्ने काम भएका छन्, गर्नुपर्ने काम भएको छैन । समयमा गर्नुपर्ने काम भएको छैन । मसँग उत्तर नै छैन ।’

Advertisement

पार्टीभित्रै एकलौटी गरेको आरोपबाट घेरिएका देउवाले सरकार गठन भएको दुई महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना चुलिएको हो । अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएको भन्दै उनले थपे, ‘यो सरकारको सफलतासँग कांग्रेसको चुनावी सफलता जोडिएको छ । अब ओली सरकारले गरेका काम कारबाही हाम्रा एजेण्डा बन्दैन । त्यसलाई जनताले बिर्सिसके ।’

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top