माधव नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेः ओली

३१ भदाै, काठमाडाैँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगई एमालेमै फर्किन नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । बिहीवार काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा(एमाले)मै रहनका लागि आव्हान गरेका हुन् ।

नेपालले व्यक्तिगत स्वार्थ र अहंकारका कारण पार्टी फुटाएको भन्दै उनले कार्यकर्ताको भविष्यसँग खेलवाड गरेको पनि बताए । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरुको जिन्दगीसँग खेल्नु डरलाग्दो भएको उल्लेख गर्दै उनले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिडेको टिप्पणी गरे । नेता नेपालको भविष्य नभएको भन्दै उनले भविष्य भएका नेता कार्यकर्ता मुल पार्टीमै फर्किन उनले नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने – ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपाले अल्मल्याएका, भ्रममा पारेका, झुक्याएका मान्छेहरु फर्किनुस् पार्टीमा । कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरु फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तिर्थ यात्रामा हिडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी धसेर हिड्या मान्छे । तर माधव नेपालले उहाँको व्यक्तिगत महत्वकांक्षा, व्यक्तिगत स्वार्थ, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईष्र्या भाव, कुण्ठा त्यसबाट ग्रसित भएर अनेका जिन्दगीसँग माधव नेपालले जुन खेलवाड गर्नुभयो । बहुतै डरलाग्दो कुरा हो । आफ्नो स्वार्थका लागि दुनियाँका जिन्दगीसँग खेलवाड गर्ने ? दुनियाँको कार्यकर्ताको राजनीतिक भविष्य सँग खेलवाड गर्ने ? उहाँ त पार्टी प्रमुख भएर धेरै वर्ष चलाउनुभयो । प्रधानमन्त्री भइसक्नुभयो । अब त जाने ठाउँ के छ मास्तिर कता जाने ? उहाँलाई केही मतलव छैन । इगोकालागि उहाँले जे पनि गर्नुहुन्छ तर अरुको त भविष्य छ नि । अरुको भविष्यसँग खेलवाड गर्ने ? देशको भविष्यसँग खेलवाड गर्ने ? तर म कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु, भ्रममा नपर्नुस् अहिलेपनि भ्रममा नपर्नुस् ।’

केही नेताहरुले माधव नेपाललाई एमालेमा फर्किन आग्रह गरेको प्रति टिप्पणी गर्दै अध्यक्ष ओलीले माधव नेपालको एमालेमा आवश्यकता नभएको बताए । उनले पार्टीमा भएका विगतमा नेपाल पक्षका नेताहरु तर्फ लक्षित गर्दै माधव नेपालको लोभ नगर्न पनि आग्रह गरे । उनले भने – ‘हुनत केही साथीहरु अहिलेपनि भन्नुहुन्छ, माधव कामरेड आउनुस् । तपाईको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको त्यो म बुझ्दिन । के लाई आवश्यकता ? उहाँ छउन्जेल पार्टी गुटबन्दी बाहेक केही भएन, माधव नेपालले यो साढे तीन वर्षमा पार्टीको पक्षमा, सरकारको पक्षमा एक शब्द बोलेको कमरेडहरुले सुन्नुभयो कहिल्यै ? सरकारको आलोचना, सरकारको बिरोध, प्रतिक्रियावादी भन्दा चर्को, विपक्षीहरुले के भन्थे यतै सत्ता पक्षकै नेताहरुले यति बोलीसकेपछि हामीले केही बोल्नु परेन । हाम्रो कुरा उहाँले भन्दिसक्नुभयो । लामो समय सँगै काम गरेपछि अलिक माया, ममता हुन्छ क्या । त्यसकारण अलिअलि लोभ लाग्छ साथीभाईको । त्यो लोभ छोड्दिनुपर्छ अब । काम छैन त्यसको लोभको ।’

प्रचण्ड प्लेन जस्तै हुन् उडेपछि बिलाउँदै जान्छन्
अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उडेको प्लेन दृश्यबाट बिलाउँदै गएजस्तैगरी बिलाएर जाने टिप्पणी गरे । उनले माओवादी केन्द्र र एमाले एकिकरण पछिको मुल पार्टी आफुहरुकै भएको भन्दै प्रचण्डले आफ्नो गुट मात्र लगेको बताए । विगतमा नेकपामा रहेका नेता कार्यकर्तालाई एमालेमै फर्किन पनि आग्रह गरे । उनले भने – ‘तपाई त्रिभुवन इन्टरनेशनल एयरपोर्टबाट उडेको प्लेन देख्नुहुन्छ नि । उडिराखेको ठाउँबाट पहिले हेर्नुस् विशाल प्लेन हुन्छ कतिधेरै मान्छे बोकेको हुन्छ । उड्दै गयो खिइदै जान्छ । उड्दै जाँदा सानो हुँदै एकछिन पछि देखिन छोड्छ । अब प्रचण्डपथ त्यही हो । कता गए प्रचण्ड, कता गए प्रचण्डपथ । यात्रा त्यही हो अब । उडेको जहाज बिलाउँदै दृश्यबाट हटेजस्तो सानो हुँदै गएजस्तै । त्यसकारण म आग्रह गर्न चाहान्छु हिजो हामी नेकपा भएर एकठाउँमा एकिकृत पार्टीमा बसेर काम गरिसक्यौँ । एकीकृत पार्टी भइसक्यौँ फेरी कहाँ प्रचण्डलाई लहड लाग्यो भन्दैमा फेरी अलग भएर जाने ? तपाईहरु पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो ? म साथीहरुलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन, पार्टीका कार्यकर्ता हुन, पार्टीमा फर्किएर एकीकृत पार्टीमा फर्किएर आउन, महान उद्देश्यका लागि काम गर्न आग्रह गर्छु ।’

सरकारले लोकतन्त्रका मूल्य मान्यताको पनि पालना गरेन्

अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतन्त्रका सामान्य मूल्य मान्यताको पनि पालना नगरेको बताए । वर्तमान सरकारले बजेट ल्याउन नसकेको भन्दै उनले आलोचना गरे । आफुहरुले बजेट ल्याउन नरोकेको भन्दै उहाँले संसदमा कुदेर अर्थोक गर्न मिल्ने तर बजेट ल्याउन किन नमिल्ने भन्ने प्रश्न समेत गरे । उनले भने – ‘यो सरकार त सामान्य लोकतन्त्रका मूल्य मान्यता अहिले सम्मका विश्वका मूल्य मान्यता हेर्नुस् त अब बजेट बिहिन अवस्थामा देश छ । एउटा सञ्चार माध्यममा मैले सुनेको थिएँ, आज बिहानै सुनेको थिए । नेकपा(एमाले)को अवरोधका कारणले गर्दा बजेट पास हुन सकेन । हामी नारा लगाइराखेको ठाउँमा मन्त्री कुदेर रोष्टममा गएको देख्या छैन ? कुदेर मन्त्री गएको देखेको छैन रिले रेशमा जस्तो । अनि कहाँ रोकिएको छ ? चाहिएको कुरा रोकिया त रैनछ त मन्त्री त कुदेर गएर रोष्टममा सभामुखले यो राख भन्ने उनले राखे भन्ने । अर्को यो राख भन्ने त्यो राखे भन्ने । त्यो तमासा देखिया हैन ?अनि बजेट चाहिँ किन नगर्या त ? अर्थोक गर्न मिल्ने बजेट किन नमिल्ने ?’

उनले एमालेले गरेको शान्तिपूर्ण आन्दोलनमा सरकारले बल प्रयोग गरिरहेको भन्दै शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग नगर्न चेतावनी समेत दिए । आगामी दिनमा एमाले बाजागाजा सहित सिंहदरबारको मुल ढोकाबाट सरकारको नेतृत्व गर्न पुग्ने उनले दाबी गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top