३१ भदौ, एजेन्सी ।
हरेक क्षेत्रमा बढ्दो चीनको प्रभाव कसरी क मगर्ने भन्ने चिन्ताका पछिल्लो समय अमेरिका लगायतका शक्ति राष्ट्रहरुले समय खर्चिदै आएका छन् । केही समय अघिको जी सेभेनमा समेत चीनलाई साइजमा राख्ने योजनामा वसह गरेका शक्ति राष्ट्रहरुले अहिले चीनलाई दबाबमा राख्ने गरी रक्षा सम्झौता गरेका छन् ।
चीन विरुद्ध विपरित धुव्रमा हिडिरहेको अमेरिका यूके र पछिल्लो समय चीन सँगको् सम्बन्धमा दरार उत्पन्न भएको अष्ट्रेलियाले परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने एउटा विशेष सुरक्षा सम्झौताको घोषणा गरेका छन् । चीनको बढ्दो सैन्य क्षमता र इन्डोप्यासेफिक क्षेत्रमा चीनको प्रभाव देखेर सशंकित रहेका यी तीन राष्ट्रबीच भएको यो सम्झौतालाई ‘ओकस’ नाम दिइएको छ । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिनेछ। उक्त ओकस सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्नेछ ।
यो सम्झौतापछि तीनवटै मुलुकको साइबर क्षमता, आर्टिफिसियल इन्टेलिजेन्स र समुद्र मुनिको सैन्य क्षमता तीन गुणाले बढ्ने छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित छन् । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ । सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो । त्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्बन्धी सम्झौता थियो ।
चीनले तत्काल प्रतिक्रिया जनाउँदै यूके, अमेरिका र अस्ट्रेलियाको पछिल्लो कदमको निन्दा गरेको छ । वासिङ्टनस्थिति चिनियाँ राजदूतावासले भने ती राष्ट्रहरूमा शीतयुद्धको मानसिकता रहेको आरोप लगाएको छ । नयाँ पनडुब्बीहरूमा आणविक हतियार भने नहुने बताइएको छ ।