कोहलीले विश्वकपछि टी-२० को कप्तानी छाड्ने

३१ भदाै, काठमाडाैँ ।

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्वकपपछि टि-२० शैलीकाे  क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । बिहीबार कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका हुन् । कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन् ।

उनले भनेका छन्, ‘लगातार ८-९ वर्ष लगातार तीन वटै फर्म्याट खेलिरहेको छु र निरन्तर ५-६ वर्षदेखि कप्तानी गरिरहेको छु । अब भारतीय टोलीलाई एकदिवसीय र टेस्टमा नेतृत्व गर्नका लागि आफूलाई ‘स्पेस’ दिनुपर्ने महसुस गरेको छु । मैले अहिलेसम्म टी-२० मा मेरो सबै थोक दिउको छु । अब टी-२० ब्याट्सम्यानको रूपमा अझै पनि उत्तिकै योगदान गर्नेछु ।’

आफूले यो निर्णय लिनुअघि आफ्ना नजिकसँग सल्लाह गरेको बताएका छन् ।विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् ।

विराटले २०१४ देखि टेस्टमा कप्तानी गर्दै आएका छन् । सिमित ओभरमा २०१७ देखि भारतीय टोलीको कप्तानी गर्दै आएका थिए । सन् २०१६ मा महेन्द्रसिंह धोनीले कप्तान छाडेपछि विराटले भारतीय टोलीको नेतृत्व गर्दै आएका थिए ।

कोहलीले टि२० विश्वकपपछि भारतीय टि२० शैलीको कप्तानी छाड्ने बिसिसिआईका अध्यक्ष सौरभ गांगुली र सचिव जय शाहलाई जानकारी दिइसकेको बताएका छन् । कोहलीले आफ्नो प्रदर्शन शतप्रतिशत दिन टि२० कप्तानी छोड्न लागेको जनाएका छन् । रोहितलाई टि२० कप्तानी दिन आवश्यक रहेको कोहलीले जनाएका छन् ।

विराटको कप्तानीमा भारतले सिनियर टोलीमा हालसम्म आइसिसी उपाधि जितेको छैन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top