चाडपर्व सांकेतिक रुपमा मनाउन काठमाडौं प्रशासनको अनुरोध

३१ भदाै, काठमाडौं।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारीले गोबिन्दप्रसाद रिजालले बिहीबार एक सूचना जारी गर्दै कोभिड-१९ को संक्रमण कायमै रहेकोले स्वास्थ्य प्रोटोकल पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा चाडपर्व मनाउन आग्रह गरेका हुन्।

Advertisement

यस्तै, अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न पनि उनले आग्रह गरेका छन् ।  यस्तै, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने सूचनामा उल्लेख छ।

गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालन गर्नु पूर्व आ–आफ्नो पालिकास्तरमा कोभिड–१९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारीहरु सबैले अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताइएकाे छ ।

Advertisement

यस्तै, अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालन गर्न सकिने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top