काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने

१ असाेज, काठमाडौं।

Advertisement

काठमाडौं जिल्लामा कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो डोज असोज ४ गतेदेख लगाइने भएको छ।

पहिलो डोज भेरोसेल लगाएकाहरुलाई ४ गतेदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।

Advertisement

कीर्तिपुर नगरपालिकाका १०, चन्द्रागिरी नगरपालिकाका १५, नागार्जुन नगरपालिकाकाको १०, तारकेश्वर नगरपालिकाको ११ ठाउँमा खोप केन्द्र तोकिएको छ। दक्षिणकाली नगरपालिकाको ९, बुढानीलकण्ठ नगरपालिकाको १३, टोखा नगरपालिकाको ११, गोकर्णेश्वर नगरपालिकाको ९, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा खोप केन्द्र तोकिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल बलम्बु, बीर अस्पताल रत्नपार्क, त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा थप खोप केन्द्र तोकिएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top