×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए

१ आश्विन २०७८

१ असाेज, काठमाडाैँ ।

कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० पूर्ण मात्राको खोप लगाइसकेका छन् । मुलुकभरि पहिलो मात्रा १९.९ र पूर्ण मात्रा १८ प्रतिशतले खोप लगाइसकेका छन् ।

Advertisement
Advertisement

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले कोभिड–१९ विरुद्धको खोप काठमाडौँ जिल्लामा पहिलो मात्रा ५० र पूर्ण मात्रा ४१ प्रतिशत जनसङ्ख्याले लगाइसकेको जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

काठमाडौँमा ११ लाख ३७ हजार एक सय ६८ पहिलो मात्रा र नौ लाख ३३ हजार तीन सय ६१ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । यस्तै उनले भक्तपुरमा पहिलो र पूर्ण मात्रा खोप ४१ प्रतिशत जनसङ्ख्या तथा ललितपुरमा पहिलो मात्रा ४५ प्रतिशत र पूर्ण मात्रा ३८ प्रतिशत जनसङ्ख्याले लगाइसकेका बताए ।

भक्तपुरमा एक लाख ५४ हजार आठ सय ३५ जनाले पहिलो मात्रा र एक लाख ५६ हजार आठ सय ८२ जनाले पूर्ण मात्राले खोप लगाइसकेका छन् । ललितपुर दुई लाख ६३ हजार आठ सय ९२ जनाले पहिलो मात्रा र दुई लाख २२ हजार तीन सय ७१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको पहिलो मात्रा ६० लाख ५७ हजार एक सय ९४ र पूर्ण मात्रा ५४ लाख ७३ हजार एक सय ५१ जनाले लगाएका छन् । महाशाखका निर्देशक डा.लालले उपत्यकाका विशेष क्षेत्रमा काम गर्ने सबै जसोलाई खोप लगाइसकेको जानकारी दिए । पछिल्लो पटक शिक्षक र विद्यार्थीलाई पनि खोप लगाइसकिएको छ । “हामीले उपत्यकाका अग्रपङ्क्तिमा रहेर काम गर्ने सबैलाई खोप लगाइसकेका छौँ,” उनले भने, “अब सर्वसाधारण ४० वर्षभन्दा माथिकालाई आउने खोप लगाउँछौँ ।”

नेपाल सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन सुरु गरेयता सात महिनामा यही भदौ १६ गते नै एक करोड ९२ हजार एक सय ६४ जना सर्वसाधारणले खोप लगाएका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि उनले सबै नेपाली नागरिकलाई खोप पुर्याउने पहिलो प्राथमिकताका रुपमा घोषणा गरेका थिए ।

नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ साल माघ ९ गते सङ्क्रमण देखिएको थियो । सुरुमा ६५ वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सरसफाइकर्मी, कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणमा अग्रपङ्क्तिमा रहेका काम गर्ने व्यक्तिबाट सुरु गरिएको खोप अहिले ५० वर्षमाथिका प्रायः सवैलाई दिइसकेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

देशभर कोभिसिल्ड पहिलो मात्रा २४ लाख ९३ हजार तीन सय ३३ र दोस्रो मात्रा १४ लाख ४५ हजार तीन सय ५१ जनाले लगाइसकेका छन् । यस्तै भेरोसेल पहिलो मात्रा ३५ लाख ६३ हजार आठ सय ६१ र दोस्रो मात्रा २६ लाख २७ हजार ६ सय ५५ जना तथा जोन्सन एन्ड जोन्सन १४ लाख एक सय ४५ जनाले लगाइसकेका छन् । भदौ महिनामा सबभन्दा बढी पहिलो मात्रा भदौ ३० गते दुई लाख ९९ हजार एक सय ३१ जनाले लगाएका थिए ।

सरकारले १८ वर्षभन्दा माथिका ७१.६ प्रतिशत अर्थात् कूल दुई करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइनेछ । मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.पौडेलले लक्षित सबै समूहलाई खोप लगाउन सरकारको योजना रहेको बताए । उनले विभिन्न चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान सञ्चालन भइरहेको जानकारी दिए । नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनिका खोप लगाइएको छ ।

सरकारले सर्वसाधारणलाई खोप लगाउनका लागि खरिद, अनुदान र कोभ्याक्स सुविधामार्फत ल्याइरहेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा.लालले अहिलेसम्म नेपालमा एक करोड ३३ लाख ५८ हजार सात सय १० मात्रा खोप आइसकेको जानकारी दिए । यस्तै आज नै चीनबाट खरिद गरिएको कोभिड–१९ विरुद्धको खोप ४४ लाख मात्रा नेपाल आउँदै छ । चीनबाट खरिद गरेको ६० लाखमध्ये १६ लाख मात्रा खोप यसअघि नै आइसकेको थियो ।

उनले चीनको रेडक्रसले नेपालको रेडक्रसलाई थप एक लाख मात्रा खोप दिनेसमेत जानकारी दिए । नेपाललाई सुरुमा माघ ८ गते भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि सरकारले आफैं १० लाख मात्रा कोभिसिल्ड उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग फागुन ९ गते १० लाख मात्रा खोप खरिद गरेको थियो ।

कूल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्क रुपमा एक करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना रहेको छ । सरकारले असोज मसान्तभित्र एक करोड पाँच लाख ४८ हजार मात्रा खोप र चैतसम्म तीन करोड २३ लाख मात्रा खोप ल्याइसक्ने जनाइएको छ । नेपालमा सङ्क्रमणको दर १९.२ प्रतिशत पुगेको छ ।

सक्रिय सङ्क्रमित २५ हजार सात सय ७२ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १० र दुई सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् । अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भएका हुन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.३ प्रतिशत रहेको छ ।

नेपालमा अहिलेसम्म सङ्क्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ । नेपालमा प्रति दश लाखमा ३७०.८ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । हाल चार सय सात सघन उपचार कक्ष, एक सय २८ भेन्टिलेटर, २४ हजार दुई सय २२ होम आइसोलेसन, एक हजार पाँच सय ५० संस्थागत आइसोलेसन र दुई सय २० जना क्वारेन्टिनमा रहेका छन् ।

Advertisement

–शरद् शर्मा /रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top