विकासको अनुभूति हुने गरी गठबन्धन सरकारले काम गरिरहेको छ : मन्त्री कार्की

१ असोज ७८, शनिबार

२ असाेज, काठमाडाैँ ।

सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतालाई विकासको अनुभूति हुने गरी अहिलेको गठबन्धन सरकारले काम गरिरहेको बताएका छन् । चालू आवका लागि सरकारले ल्याएको बजेट नरोकिने मन्त्री कार्कीले बताए ।

सुनसरीको कोशी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्षणको कार्यालयमा शुक्रबार राष्ट्रिय प्राकृतिक संरक्षण कोष–कोशी संरक्षण केन्द्रको कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विकास परियोजना भएकाले त्यसलाई संसद्बाट अनुमोदन गराउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

Advertisement

फरक प्रसंगमा बोल्दै मन्त्री कार्कीले कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेका माकुना हात्तीको छिट्टै व्यवस्थापन गर्नका लागि आग्रह गरे । सो हात्तीका कारणले आरक्षण क्षेत्र आसपासका जनताले निकै समस्याको सामना गर्नु परेकाले त्यसको केही दिनभित्रै उचित व्यवस्थापन गर्नका लागि सम्बन्धित मन्त्रालयलाई आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top