आइसिसी विश्वकप लिग–२: नेपालको अर्को हार, अमेरिका ६ विकेटले विजयी

२ असोज, काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिकाले नेपाललाई पहिलो पटक पराजित गरेको छ । ओमानमा जारी त्रिकोणात्मक सिरिज अन्तरगत शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । योसँगै अमेरिका विश्वकप लिग २ मा लगातार ६ हारमा पूर्णविराम लगाएको छ ।

अल अमिरातमा पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ रन जोड्यो, जुन अमेरिकाले मात्र २९.३ ओभर खेल्दै ४ विकेट गुमाएर भेट्टायो ।

अमेरिकाका लागि ओपनर स्टिभन टेलरले सर्वाधिक ९२ रन बनाए । २२ रन बनाउँदा २ विकेट गुमाएको अमेरिकाको पारी उनले नै सम्हालेका थिए । उनले मोनांक पटेलसँग तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।

 

२०औं ओभरको तेस्रो बलमा टेलरको विकेट लिएका करण केसीले अर्को बलमा संजय कृष्णमूर्तिलाई शुन्यमै आउट गरे । तर नयाँम ब्याट्सम्यान जयकरण मलहोत्राले मोनांकसँग मिलेर अमेरिकालाई जित दिलाएका छन् । मोनांक ३८ र जयकरण ३६ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । त्यसअघि टस हारेको नेपालको सुरुवात नै राम्रो हुन सकेन । मात्र ५ रन जोड्दा ओपनर आसिफ शेख ३ रनमा आउट भएका थिए ।

कप्तान ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरे । कुशल ३६ रनमा आउट भए । रोहित पौडेल २ रनमा आउट भए भने विनोद भण्डारीले पनि १० रन मात्र जोडे । तर डेब्युटान्ट गुल्शन झाले कप्तान मल्लसँग पाँचौं विकेटका लागि ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।

गुल्शन २८ रनमा आउट भए । कुशल मल्ल शुन्य, सोमपाल कामी २ रनमा पभेलियन फर्किँदा करण केसीले १२ रन बनाए । ४६औं ओभरको तेस्रो बलमा कप्तान मल्ल व्यक्तिगत ५५ रनमा आउट भए । सन्दीप लामिछानेले ११ रन बनाउँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे । पहिलो खेलमा अमेरिकालाई हराएको नेपाल दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top