२ असोज, एजेन्सी ।
हरेक क्षेत्रमा विश्वकै नेतृत्व गर्ने गरी तीव्र फड्को मार्दै आएको चीनले अन्तरिक्ष यात्रामा हालसम्मकै सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सफलताका साथ सम्पन्न गरेको छ । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् ।
केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ। चन्द्रको पृष्ठभागमा चीन पहिलो पटक मानवरहित अन्तरिक्षयान अवतरण गराएका थियो । सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो। पृथ्वीबाट नदेखिने उक्त भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो। पछिल्लो समय पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेर नयाँ इतिहास रचेका छन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए। चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन अन्तरिक्ष यात्री स्थानीय समयानुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो । अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म “अन्तरिक्षमा हिँड्ने“ काम गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जनाइएको छ ।
यही वर्ष चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे वाहन उतारेको छ। यी दुवै काम जटिल र चुनौतीपूर्ण मानिन्छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएमा चीनलाई सहभागी गराइएको थिएन। यसको हरेक बदला चीनले काम गरेर विश्वलाई देखाई दिएको छ। रुस, युरोप, क्यानडा र जापानसँग गरिएको सहकार्यको नेतृत्व गरेको अमेरिकाले अन्तरिक्षमा चीनसँग अझै हात मिलाउन खोजेको छैन। तर चीनले भने उदारता प्रस्तुत गर्दै आफ्नो छुट्टै अन्तरिक्ष केन्द्रमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ। केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्र क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ ।
