श्रीलंकाका स्टार असेला गुणरत्नेले इपिएल खेल्ने

२ असाेज, काठमाडौं ।

श्रीलंकाका स्टार क्रिकेटर असेला गुणरत्नेले पोखरा राइनोजबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले शनिबार श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेकोजानकारी दिएकाे हाे । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् ।

टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् । सन् २०१७ मा अष्ट्रेलियामाथि दुई विकेटको रोमान्चक जित दिलाउन उनले ४६ बलमा ६ चौका र ५ छक्का सहित अविजित ८४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । गुणरत्नेले मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

Advertisement

पार्टटाइम मिडियम पेश बलिङ गर्ने गर्दछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको अनुभव छ । ७५ टि२० खेलमा उनले ९ अर्धशतक सहित १ हजार ३ सय ९८ रन बनाएका छन् । पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण उनी टोलीमा छैनन् । गुणरत्ने दीलस्कुप सटका लागि चिनिन्छन् । त्यस्तै पोखराले श्रीलंकानै बायाँ हाते युवा ब्याट्सम्यान सहान अर्चिगेलाई अनुबन्ध गरेको छ । उनले २८ प्रथम श्रेणी, ३१ लिष्ट ए र ३४ टि२० खेल खेलेका छन् । स्पिन बलिङ समेत गर्ने गर्दछन् ।

यस अघि पोखराले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरि सकेको थियो । पोखरामा विकेटकिपर विनोद भण्डारी, सुनिल धमला, रित गौतम, किशोर महतो, विक्रम सोब, विपिन खत्री, लोकेश बम, पृथु बास्कोटा, विवेक यादव, विपिन रावल, अर्जुन कुमाल, रविन्द्र जंग शाही लगायतका स्वदेशी खेलाडी छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top