भूकम्पले ढलेका काठमाडौँका २१ गणेश मन्दिरको पुननिर्माण

२ असोज, काठमाडौँ ।
काठमाडौं महानगरपालिकाले काठमाण्डौ महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुननिर्माण सम्पन्न गरेको बताएको छ । शनिवार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औँ गणेश मन्दिरको उद्घाटन गरे । इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए ।

Advertisement

महानगरपालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निमाण गरिहेको बताए । उनले काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वटै वडाका पुरातत्विक तथा ऐतिहासिक कुराहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरिहेको बताए । मेयर शाक्यले काठमाडौं आउने पर्यटकहरुले काठमाडौं घुम्नका लागि र बुझ्नका लागि पनि ऐतिहासिक कुराहरु जोगाइरहनुपर्ने बताए ।

Advertisement

उनले काठमाडौंका पुरातात्विक कुराहरुलाई जोगाउनु र पुनर्निर्माण गर्नु महानगरको दायित्व भएकोले पुनर्निर्माणमा दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । मेयर शाक्यले भने, ‘सांस्कृतिक शहर काठमाडौं महानगर भनेर घोषणा गरेका छौँ, त्यही अनुसार हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिलो प्राथमिकता यहाँको सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने हाम्रो सिद्धान्त हो, त्यही अनुसार हामील्े काम गर्दै गइरहेका छौँ, आज भर्खर हामीले इनाखास्थित महानगरपालिका भित्रका २१ व्टा गणेश मन्दिरहरुको उद्घाटन गर्यौं, नयाँ निर्माण भन्दा पनि भइरहेकालाई जोगाउने, संरक्षण गर्ने र आवश्यक स्थानमा नयाँ निर्माण गर्ने हाम्रो लक्ष्य हो, काठमाडौंबाट वर्षेनी लाखौँ मानिसहरु मन्दिर हेर्न भनेर बाहिर जान्छन्, यहाँका सांस्कृतिक पक्षमा चासो त्यति छैन, त्यसैले यहाँका लागि पनि राम्रो र हेर्न लायक साथै बाहिरबाट आउनेहरुले पनि यहाँको ऐतिहासिक कुराहरु बुझोस् भनेर भइरहेकालाई संरक्षण गर्नेमा महानगर लागि परेको छ, यस वर्षको बजेटमा पनि हामीले पहिलो प्राथमिकता पूर्वाधार, दोस्रो सम्पदा पुनर्निर्माणमा छ ।’

Advertisement

मेयर शाक्यले कतिपय स्थानमा पुरातत्व विभागसँग समन्वय हुन नसकेको र गुठिसँग समन्वय नहुँदा सम्पदा पुनर्निर्माणमा समस्या भइरहेको बताए । उनले गुठिको नाममा धेरै सार्वजनिक जग्गा भएकोले महानगरलाई लिजमा दिन पनि आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top