सरकारले खर्बौँ रुपैयाँको सेटिङ गर्याेः केपी ओली

२ असाेज, काठमाडाैँ ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले खबौँ रुपैयाँ तलमाथि पर्नेगरी सेटिङमा करका दरहरु हेरफेर गरेको बताएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले सेटिङमा भन्सार छुट दिने गरेर अरबौँको खेल गरेको बताए ।

सरकारले सेटिङमा अरबौँ रुपयाँ तलमाथि पर्नेगरी करको दर हेरफेर गरेको उनले बताए । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे । उनले भने – ‘आज देखिन थाल्या छ, सोझै सेटिङमा कसलाई भन्सार छुट दिने, कसलाई भन्सार नदिने, के गर्ने कसो गर्ने भन्ने यो अरबौँको खेल भइसक्यो । कसरी यतिबेर यो बिचमा आएर करका दरहरु यत्रो ठुलो ढंगले देशलाई करोडौँको, अरबौंको मात्र होइन खरबौँको तलमाथि पर्नेगरी कसरी हेरफेर गरियो ?सबै सेटिङ होइन भन्न सकिने ठाउँ छैन । मान्छेहरु खुलेआम भनिराखेका छन् यो सेटिङ हो सञ्चार माध्यम लेखिराखेको छ बोलिराखेको छ सेटिङ भयो । भएन भन्ने ठाउँ छैन । म राष्ट्रसेवक कर्मचारी मित्रहरुलाई, तपाईहरुलाई भन्न चाहान्छु खासगरी नेपाल निजामती कर्मचारी संगठन स्व्च्छताको प्रतिक संगठन बन्नुपर्छ ।’

सत्ता गठबन्धन आइसका डल्ला हुन् पग्लिएर जान्छन्

अध्यक्ष ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका आइसका डल्ला जस्तै भएको टिप्पणी गरे । चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उनले १४ महिनापछि बाध्यकारी रुपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको आइसको डल्ला जस्तै पग्लिने बताए ।

उनले भने – ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभएन थरथर काम्दै डराउँदै । चुनाव प्रतिगमन हुन्छ त के अब एक वर्षपछि प्रतिगमन नै हुने भयो त देशमा ? अब १४ महिना पछि चुनाव त गर्नुपर्छ । के देश अनिवार्य रुपमा प्रतिगमनमा जानेभयो त चुनाव गर्दा । जनादेश आउँदा चुनाव प्रतिगमन हुने भो ? संविधान मिचिएको हो त ? कस्तो शासन खोजेका छन् यि तानाशाहहरुले ? तर चुनाव गराउन यिनीहरु बाध्य छन् । तपाईहरुलाई दुःख कष्ट यस विचमा दिन सक्छन् । धेरै चिन्ता नगर्नुस् । चौध महिनामा चुनाव हुन्छ । पन्ध्र महिनामा सरकार बन्छ । यि कता हराउँछन् । कता बिलाउँछन् । यि फ्रिजबाट निकालिएका आइसका डल्ला हुन् । आफै परेको आइस् होइन यो । फ्रिजमा बनाइएका आइस हुन् । यि डल्ला बाहिर राखिदिएपछि एकछिन पछि पग्लिहाल्छन् । त्यसकारण धेरै चिन्ता गर्नुपर्दैन ।’

सरकारलाई सहयोग गर्न कर्मचारीहरुलाई निर्देशन
अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुलाई जुनसुकै पार्टीको भएपनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । जुन पार्टीको सरकार भएपनि कर्मचारीहरुले आफ्नो कर्तव्य, नियम, कानूनको परिधि भित्र रहेर सक्रियताका साथ भुमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले भने – ‘हाम्रो काम देशको सेवा गर्ने हो । जनताको सेवा गर्ने हो । कर्तव्यनिष्ठ भएर सेवा गर्ने हो । त्यसकारण कुन सरकार छ भन्ने कुरा होइन, आफ्नो कर्तव्य नियम, कानून बमोजिम, नियम, कानूनको परिधि भित्र रहेर आफ्नो कर्तव्य जुनसुकै सरकार आओस् तपाईहरुले सक्रियताका साथ निर्वाह गर्नुपर्छ । सरकारलाई असहयोग गर्ने होइन । सरकारलाई असहयोग गर्ने भनेको काम नगर्ने हो । काम नगर्ने भनेको देश विकासलाई अझ पछाडी पार्ने हो । यो बुद्धि त कांग्रेस र माओवादी केन्द्रको जस्तो भएन ? यस्तो बुद्धिका पछाडी लाग्नु हुदैनँ । हामी राष्ट्रसेवक हुँ । तपाईहरुले कुनै पार्टीको सदस्य भएर सेवा प्रवाह गर्ने होइन । उसले प्राप्त गर्ने सेवा उसको अधिकारको कुरा हो । त्यो सेवा उसलाई उपलब्ध गराउनु तपाईहरुको कर्तव्य हो ।’

कर्मचारीहरुले कुनै पार्टीको सदस्य नभएर राष्ट्रको सेवकको रुपमा सेवा पु¥याउनुपर्ने उनले बताए । सेवाग्राहीको सेवा पाउने अधिकार भएकाले कर्मचारीको सेवा दिनुपर्ने कर्तव्य ठानेर काम गर्न उनले आग्रह गरे । उनले कर्मचारी भ्रष्टाचारको विरोधी र स्वच्छताको प्रतिक हुनुपर्ने पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top