ओलीका कारण राजनीतिक अस्थिरताः भीमसेनदास प्रधान

ओलीका कारण राजनीतिक अस्थिरताः भीमसेनदास प्रधान

२ असोज, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अहिलेको राजनीतिक अस्थिरता केपी शर्मा ओलीका कारण आएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा उनले तत्कालीन प्रधानमन्त्री ओलीले संविधान मिच्ने र संसद विघटन गर्ने जस्तादेश र जनताको लागि अहित काम गरेको भन्दै अहिलेको सरकारले त्यसलाई निश्चित गन्तव्यमा ल्याउने काम गरिरहेको बताए ।

उनले दुई महिनामै देउवा नेतृत्वको सरकारको मूल्यांकन गर्नुनहुने भन्दै गठबन्धनमा आवद्ध दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरे । नेता प्रधानले भने, ‘उत्तारचढाव हुन्छ, असफल पनि हुन्छ, तर दुई महिनामा शेरबहादुर देउवाजीको सरकारलाई असफल भनेर मूल्यांकन गर्न मिल्दैन, हामी सरकारमा जाने पक्षमै थिएनौँ, यो रोगको सबै केन्द्रबिन्दु, उद्गमस्थल, आदरणीय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नै हो, उहाँकै कारण यो राजनीतिक अस्थिरता आएको हो ।’

नेता प्रधानले सरकारले केही दिनमै पूर्णता पाउने दाबी गर्दै अहिलेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले सरकारले पूर्णता पाएपछि द्रुत गतिमा काम हुने र अहिले कोभिड १९ को उपचारमा सरकार केन्द्रित रहेको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.