सिन्धुपाल्चोकमा आयोजित देउवा पक्षको कार्यक्रममा व्यक्त विचारप्रति पौडेल पक्षको आपत्ति

३ असोज, काठमाडौं ।

Advertisement

पूर्वमन्त्री मोहनबहादुर बस्नेत पक्षले सिन्धुपाल्चोकमा शनिबार गरेका कार्यक्रममा व्यक्त विचारप्रति कांग्रेसकै अर्को (पौडेल) पक्षले आपत्ति जनाएको छ।

बाह्रबीसेमा शनिबार भएको एक कार्यक्रममा बस्नेत पक्षले आफूहरुप्रति भ्रामक अभिव्यक्ति दिएको पौडेल पक्षका नेता–कार्यकर्ताहरुको भनाइ छ।

Advertisement

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा रहेका सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले एक विज्ञप्ति नै जारी गरेर संस्थापन समूहका नेता बस्नेत पक्षले तथ्यहीन र भ्रामक अभिव्यक्ति दिएको बताएका छन्।

आन्तरिक जीवनमा सहमति, असहमति स्वभाविक हुनसक्ने उल्लेख गर्दै लामाले पूर्वमन्त्री बस्नेतप्रति संकेत गर्दै विज्ञप्तिमा भनेका छन्, ’जिम्मेवार नेताहरुकै अगुवाइमा सभा नै आयोजना गरेर सुनियोजित ढंगले पार्टीका नेता–कार्यकर्ताको जसरी बदनाम गराउने प्रयास गरियो, यसलाई सामान्य घटना भन्न सकिँदैन।’

Advertisement

केन्द्रीय नेताले महाधिवेशन सफल बनाउन आफ्नो स्थानबाट बढी भूमिका निर्वाह गर्नुपर्नेमा अराजकता निम्त्याउने गतिविधि गरेको पौडेल पक्षको आरोप छ।
‘नेताहरुको चरित्र हत्या गर्दै अराजनीतिक शैली प्रस्तुत गर्ने र यसमा केन्द्रीय सदस्यहरु नै सहभागी हुनुले पार्टीमा आन्तरिक प्रतिस्पर्धा अस्वीकार गर्नु हो,’ जिल्ला सभापति लामाको विज्ञप्तिमा भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top