किसान श्रेष्ठ भन्छन्- एमालेका लागि गण्डकीमा म एक्लै काफी छु

२ असोज ७८, आइतबार

३ असोज, पोखरा ।

नेकपा एमाले विभाजनपछि गण्डकीमा हालका हेभिवेट नेता हुन् कृष्णकुमार श्रेष्ठ (किसान) । उनी यसै हेभिवेट भएका होइनन्, तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेपछि श्रेष्ठ चर्चामा आएका हुन् । त्यो पराजयले अर्को ठूलो सन्देश दियो, उनी कांग्रेसका लागि निकै भारी भए ।

किसान अहिले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन् । प्रदेश कमिटी कार्यालय स्थापनापछि पोखरामा भएको भेलालाई सम्बोधन गर्दै उनले आफू एक्लै भए पनि गण्डकीमा एमालेको लागि भारी पर्ने दाबी गरे ।

‘१८ निर्वाचन क्षेत्रमा एउटा पनि माधव नेपाल समूहका मान्छेलाई टिकट दिइएन । कसरी बलियो हुन्छ ? स्थानीय र प्रदेश चुनावमा कसैले टिकट पाएनन्, अनि कसरी हुन्छ बलियो ?,’ उनले भने, ‘अब हामी देखाइदिन्छौं, एकीकृत समाजवादी गण्डकीमा के छ भनेर । यो पार्टीमा गण्डकीबाट म मात्रै निर्वाचित सांसद छु । उनीहरू १४ जना छन्, उनीहरूका लागि म एक्लै भारी पर्ने छ ।’

सबैको समस्या आफूहरूले समाधान गर्ने उनको दाबी छ । उनले समाजवादी पार्टी गण्डकीमा बलियो रहेको बताए । ‘केही दिन अगाडि एमाले अध्यक्ष पोखरामा आएर तामझामका साथ कार्यक्रम गरेर जानुभयो ।

त्यो कार्यक्रममा गण्डकीका सबै जिल्लाबाट कति उपस्थित थिए ?,’ उनी भन्छन्, ‘आज कास्कीको मात्रै नेता कार्यकर्ता भेला हुँदा हेर्नुस् त कति छन् । आजदेखि समाजवादीले बिगुल फुक्यो ।’

आफू बीसौं वर्ष ओली गुटमा रहेकोमा अहिले आएर पश्चाताप लागेको उनले सुनाए । ‘बीसौं वर्ष उता लागें । दुईपटकसम्म संसद् विघटन गर्दा पनि साथ दिइरहें,’ श्रेष्ठ भन्छन्, ‘असारमा आएपछि मैले गल्ती गरेको रहेछु भन्ने महसुस भयो । त्यसैले शेरबहादुर देउवालाई विश्वासको मत दिएँ । संविधानको पक्षमा उभिएँ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top