प्रेस संगठन मोरङको ३७ सदस्यीय समिति निर्माण, संयोजकमा आचार्य

प्रेस संगठन मोरङको ३७ सदस्यीय समिति निर्माण, संयोजकमा आचार्य

४ असोज, विराटनगर ।
प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको छ ।

सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढकाल, श्रीमन्त भट्टराई, बाबुराम मुडियारी, डम्बर सिन्चुरी, बबिता साम्पाङ, सन्दिप राई, रामकुमारी राई, सुजता लिम्बू, पवन साह, सनम रोक्का, राकेश कर्ण, गोपाल नेपाली, मौसम लिम्बू, सनम रोका, सुमन कुरुङ्बा, आशिका लम्साल, एलिना दियाली, शिवहाङ राई, क्रान्ति लिम्बू रहेका छन् । यस्तै विपुल सुवेदी, पुजन दाश, मिनु मोक्तान, बबिता लिम्बू, सम्झना राई, सुरज ढंगाना, विनोद मेहता, स्मृति तिमल्सिना, राजकुमार मण्डल, सुरञ्जन लिम्बू र सुशिल साह रहेका छन् । पछि एक जना थप गरिने संयोजक आचार्यले बताए ।

भेलामा पूर्व मन्त्री राष्ट्रियसभा सदस्य गोपी आछामी, प्रदेश सांसद तथा माओवादी केन्द्र मोरङका सह–इन्चार्ज कूलप्रसाद साम्बा, संविधानसभा सदस्य लालबहादुर सुस्लीङ मगर, माओवादी मोरङका संयोजक गणेश उपे्रती (शुसिल), प्रेस संगठनका केन्द्रीय सचिव तथा पत्रकार महासंघ १ नम्बर प्रदेशका महासचिव विवेक गौतम, संगठनको १ नम्बर प्रदेश संयोजक राजन केडी, केन्द्रीय सदस्यहरू भक्तशेर लिम्बू, गणेश लम्साल, प्रदेश कोषाध्यक्ष मोहन भट्टराईलगायतको उपस्थिति थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.