संखुवासभाको हत्या अनुसन्धानमा खटिने प्रहरी सर्वाेत्कृष्ट घोषित

४ भदाै, विराटनगर ।
संखुवासभामा ६ जनाको सामूहिक हत्या भएको घटनामा अनुसन्धानमा खटिएका दुई प्रहरी प्रदेश १ भरिबाट भदौ महिनाका सर्वाेत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दीभई सोही कार्यालयमाकार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाकाप्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दीभई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर आर आई टी शाखामा कार्यरत प्रहरी नायवनिरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित भएका हुन ।

एकै परिवारका ६ जनाको विभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खडकालाई उनीहरुले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७८ साल भदौ महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वाेत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यसरी सर्वाेत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाकाप्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top