४ असोज, इटहरी ।
क्यारिटास नेपालले इटहरी अस्पताललाई पाँच लाख वयासी हजार वरावरको विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बिच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य समाग्री प्रदान गरेकी हुन् ।
क्यारितासले १० थान सेमि फोल्टिड वेड र म्याटे«स,१० पिस ब्यालाङ्गकेट,२सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स,सय थान पिपिइ सेट,७८ वोत्तल सेनिटाइजर,२० प्याकेट सर्जिकल ग्लोब्स,१सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट,२० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो । उपप्रमुख गौतमले क्यारिटासको सहयोग वाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने वताउदै धन्यवाद ब्यक्त गरिन् ।
इटहरी अस्पतालका मेसु डा योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य समाग्रीले निक्कै सहयोग पुग्ने बताए । क्यारिटास नेपालका पोखरेलले क्यारिटास विपदका वेलामा स्थानीय सरकार सँग सँगै रहेको बताए । उनले कोभिडसँग जुध्न ११जिल्लामा १० करोड वरावरको स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए ।