×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

राष्ट्रपति ट्रम्पद्वारा रुसको बचाउ

१ श्रावण २०७५

हेल्सिन्की, साउन १

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा रुसको बचाउ गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपबारे दिनुभएको मन्तव्यमा रुसको बचाउ भएको भनी अमेरिकीहरुले राष्ट्रपति ट्रम्पको विरोध गरका छन् ।

Advertisement
Advertisement

सोमबार हेल्सिन्कीमा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएको बताइएको छ । उनको यो भनाई अमेरिकी गुप्तचर निकायले गरेको भनिएको अनुसन्धानको विपरित भएको पनि बताइएको छ । उनले अमेरिकी उक्त निकायको विपरित आफ्नो भनाई राखेको भन्दै अमेरिकी अधिकारीहरुले पनि विरोध गरेका जनाइएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । उनीहरुको संलग्नता देखिएको पनि अधिकारीहरुले जनाएका थिए । त्यसपछि राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यस विषयमा कुनै कुराकानी भएको थिएन । उनीहरुबीच यो पहिलो पटक भेटवार्ताका क्रममा यस विषयमा कुरा उठेको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप या कुनै पनि प्रकृतिको साठगाँठ गर्नुपर्ने कुनै कारण नै नभएको राष्ट्रपति ट्रम्पले बताएको समाचारमा जनाइएको छ । सो भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले पनि रुसले अमेरिकाको कुनै पनि मामिलामा विगतमा पनि कहिल्यै हस्तक्षेप नगरेको बताउँदै रुसले यसरी अमेरिकामा हस्तक्षेप गर्नुपर्ने कुनै कारण नरहेको बताएका थिए।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा सोमवार यी दुई जना नेताबीच लामो भेटवार्ता भएको थियो । हेल्सिन्कीबाट प्राप्त समाचारमा उनीहरुबीच यहाँ एक्लाएक्लै करिब दुइ घण्टा लामो भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पनि ट्रम्पलाई यस विषयमा प्रश्न गरिएको थियो । त्यस क्रममा पनि उनले यस्तो हस्तक्षेपको विषयमा आफूलाई विश्वास नरहेको धारणा राखेका थिए।

अमेरिकी गुप्तचर निकायले उक्त निर्वाचनमा हिलारी क्लिन्टनलाई पछिपार्न राज्यद्वारा प्रायोजित साइबर आक्रमण गरेको र सामाजिक सञ्जालमा उनका विरुद्धका समाचारहरू राख्ने काममा रुसका विज्ञहरुले सघाएको निष्कर्ष निकालेका थिए । उता राष्ट्रपति ट्रम्पले पनि आफूले रुसका राष्ट्रपतिसँग गरेको कुराकानी सकारात्मक रहेको बताएका थिए । उनले उक्त वार्ताले सम्बन्ध सुधारमा एक सकारात्मक भूमिका निर्वाह गरेको बताए ।

राष्ट्रपति ट्रम्प युरोपमा हालैमात्र गरेकाे उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न सोमबार हेल्सिन्की आइपुगेका हुन्। बेलायतमा राष्ट्रपति ट्रम्पको भने विरोध भएको थियो । सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उनीहरुबीच पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको बारेमा समीक्षा गर्दै आगामी दिनमा सम्बन्ध सुधारका लागि पनि कुराकानी भएको बताइएको थियो ।

अमेरिकाले केही महिनाअघिसम्म रुसको विरोध गरेर रुसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको थियो । त्यसपछि बेलायत र केही युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको नेतृत्व गरेको अमेरिकासँग रुसको पनि आक्रोस रहेको थियो । तर पछिल्लो समयमा भने यी दुई देशबीच एकाएक सम्बन्ध सुधारका काम भएका छन् । त्यसैको परिणामस्वरुप सोमबार उच्चवार्ता भएको हो ।

रासस/एएफपी

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top