एक सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप, पाँच हजार मेगावाटको अनुमतिपत्र प्रदान

काठमाडौँ, साउन १

आर्थिक वर्ष २०७४÷७५ मा साना ठूला गरी कूल १५ आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा १०० मेगावाट विद्युत् थप भएको छ । विद्युत् विकास विभागका अनुसार नेपाल विद्युत् प्राधिकरणको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना नै सो आवमा सम्पन्न भएको सबैभन्दा ठूलो आयोजना हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजना निर्माण शुरु भएको करीब ११ वर्षपछि सम्पन्न भएको हो ।

यस्तै ११ वटा मझौला प्रकृतिका आयोजनासमेत सो आवमा सम्पन्न भएका छन् । दुईवटा लघु जलविद्युत् आयोजनासमेत सोही अवधिमा सम्पन्न भएका छन् । विभागका अनुसार सोही अवधिमा पञ्चकन्या हाइड्रो पावरको माथिल्लो माई सी आयोजनासमेत सम्पन्न भएको छ । सो आयोजनाको क्षमता छ मेगावाट रहेको छ ।

Advertisement

यस्तै सभाखोला चार मेगावाट, पुवाखोला एक ४ मेगावाट, थापाखोला १३.६० मेगावाट, चाके खोलामा दुई मेगावाट, मिदिम तीन मेगावाट, मोलङ सात मेगावाट, मदक्यूखोला १३ मेगावाट, माई साना क्यासकेड आठ मेगावाट, सार्दी खोला चार मेगावाट, फावाखोला पाँच मेगावाट र द्वारी खोला ३.७५ मेगावाट रहेका छन् ।

दोलखाको ढुङ्गे जिरी ०.६० र सिउरी भूमे लघु जलविद्युत् ०.२३ मेगावाट क्षमताका आयोजना पनि सोही अवधिमा सम्पन्न भएका छन् । विभागको रजत जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओलीलगायतले ती आयोजनाका प्रवद्र्धकलाई सम्मान गरे ।

ठूला आयोजना अध्ययन गर्दै विभाग 

जलविद्युत् आयोजनाको अध्ययन र पहिचान गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको विभागले हाल ११ वटा ठूला तथा मझौला आयोजनाको अध्ययन गरिरहेको छ । कूल १० हजार ८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको वातावरणीय अध्ययन सम्पन्न गरेको छ । यस्तै हाइड्रोलोजीको समेत अध्ययन भइरहेको छ । सरकारले सो आयोजनालाई दक्षिण एशियाकै ठूलो आयोजनाका रुपमा अगाडि बढाउने लक्ष्य राखेको छ ।

यस्तै ८४ मेगावाट क्षमताको कन्काई बहुउद्देश्यीय आयोजना, ९३ मेगावाटको शारदा बबई र १०२ मेगावाटको दूधकोशी पाँचौँ आयोजना अध्ययनको चरणमा छन् । कर्णाली स्टेज एक २८१ मेगावाट, नौमुरे जलाशययुक्त आयोजना ४३७, अरुण चौथो ३७२, तल्लो अरुण ६७९, सेती २८७, सुनकोशी दोस्रो एक हजार ११६ र सुनकोशी तेस्रो ५४० मेगावाट क्षमताका आयोजना अध्ययनका विभिन्न चरणमा रहेका विभागका महानिर्देशक नविनराज सिंहले जानकारी दिए ।

पाँच हजार मेगावाटको अनुमतिपत्र 

विभागले करीब पाँच हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । कूल १५९ वटा आयोजनालाई त्यस्तो अनुमति दिइएको छ । अनुमति दिइएकामध्ये तीन हजार ५०० मेगावाट क्षमताका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणका विभिन्न चरणमा रहेका छन् ।

यस्तै एक मेगावाट क्षमतासम्मका १५ आयोजनालाई पनि उत्पादन अनुमति दिइएको छ । ती आयोजनाको क्षमता १६ मेगावाट रहेको छ । विद्युत् उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिइएका आयोजनाको संख्या २७ छ । ती आयोजनाको क्षमता तीन हजार ७३ मेगावाट रहेको छ ।

उत्पादन सर्वेक्षणको अनुमति लिएका आयोजनाको संख्या २९१ रहेको छ । ती आयोजनाको क्षमता १७ हजार ९२१ मेगावाट रहेको छ । एक मेगावाटभन्दा कम क्षमताका २० आयोजनाले पनि सर्वेक्षणको अनुमति लिएको छ ।

यस्तै ३७ वटा सौर्य ऊर्जाका परियोजनाले समेत अनुमति लिएका छन् । ती आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ । पाँच मेगावाट क्षमताको वायु ऊर्जा, २७ मेगावाट क्षमताका बायोमास र उखुको खोस्टाबाट विद्युत् निकाल्ने गरी रिलायन्स चिनी उद्योगले अनुमति लिएको छ । बारामा आयोजनास्थल रहेको सो परियोजनाले १५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top