एमालेमा नयाँ प्रस्ताव: सबैजना निर्वाचित हुनुपर्ने

४ असाेज, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेकाे तीन प्रतिवेदनमाथि छलफल गरेको हो ।

बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संघठन सम्बन्धी प्रश्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्तावमा सुझाव दिएको बताए। उनले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने निर्णय गरिएको बताए । बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको पनि उनले बताए ।

प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु दिनुभएको छ,विधान संसोधन सम्बन्धी प्रश्ताव,संघठन सम्बन्धी प्रश्ताव,साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्ताव तीन वटै प्रश्तावमा स्थायी कमिटीका कमरेडहरुको सुझावहरु प्रश्तुत भएका छन्, यो सुझावहरुलाई समेटेर यी प्रतिवेदनहरु केन्द्रिय कमिटीको बैठकमा असोजको ८ र ९ गते केन्द्रिय कमिटीको बैठक आयोजना हुँदैछ,त्यो बैठकमा प्रश्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रिय कमिटीका साथीहरुको सुझाव लिएपछि ति सुझावहरुलाई समावेश गरेर असोजको १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने गरी प्रतिवेदनहरु स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रश्ताव गरेको छ।’

एमाले अब राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो

विभाग प्रमुख भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए । उनले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ स्थायी लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताए। आईतवारदेखि चलेको पार्टीको केन्द्रिय कमिटीको बैठक सोमवार सम्पन्न भएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top