घनश्याम भूसालको प्रस्ताव- जबज कार्यक्रम हो कि सिद्धान्त ? थप व्याख्या गरौँ

घनश्याम भूसालको प्रस्ताव- जबज कार्यक्रम हो कि सिद्धान्त ? थप व्याख्या गरौँ

५ असोज, काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले जनताको बहुदलीय जनवाद (जबज)लाई थप व्याख्या गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

१५–१७ असोजमा हुने पार्टीको विद्यान महाधिवेशनका लागि पुरक प्रस्ताव पेस गर्दै भूसालले एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पेस गरेको जबज कार्यक्रम रहेको तर छैठौं महाधिवेशनमा सिद्धान्तको कुनै आधार नदिई सिद्धान्त भनिएको भन्दै थप व्याख्या गर्न माग गरेका हुन् ।

‘जनताको बहुदलीय जनवादवारे हामीले मदन भण्डारीको देहान्तपछि छलफल गर्न छाडेका छौं, उहाँले जबजलाई कार्यक्रमको रुपमा अघि सार्नु भएको थियो, छैठौं महाधिवेशनमा त्यसलाई सिद्धान्त निमार्णको कुनै आधार नदिई सिद्धान्त भनियो, सातौंमा नयाँ केही गरिएन,’ भूसालको प्रस्ताव छ, ‘कमरेड मदनले नयाँ जनवादी कार्यक्रममा १४ वटा विशेषता थपेका हुँदा त्यसलाई जनताको बहुदलीय जनवादी कार्यक्रम भन्नुपर्छ भन्नुभयो, ति १४ विशेषताको हामीले अभ्यास नै गरिसकेका छौं, यदि, सिद्धान्तको रुपमा यसले हामीलाई मार्गदर्शन गर्छ भन्ने हो भने जबजको ब्याख्या गर्नुपर्छ, यसले अझै छलफलको माग गर्छ ।’

केपी ओली नेतृत्वको सरकारले पुर्वाधार निमार्णमा उल्लेखनीय काम गरेको उल्लेख गर्दै उपमहासचिव भूसालले त्यो सरकारले गरेका काम कारवाहीका बारेमा एउटा पनि छलफल नहुनु दुर्भाग्यपूर्ण भएको जनाएका छन् । पार्टी एकीकरणको राष्ट्रिय आवश्यकता भए पनि प्रक्रियागत त्रुटी हुँदा त्यो सम्भवः हुन नसकेको भूसालको टिप्पणी छ ।

‘पार्टी एकीकरण मुलुकको आवाश्यक्ता थियो तर जसरी एकता गरियो, त्यसमा मुलुक र आन्दोलनको आवाश्यक्ता प्रतिबिम्बित भएन’ उनको भनाई छ, ‘प्रक्रियागत रुपमा के देखिन्छ भने त्यो एकता दुई जना अध्यक्षहरूको गोप्य पहलकदमी, आलोपालोलगायत सहमतिबाट सुरु भयो र त्यसैगरी अन्त्य भयो ।’ ३ र ४ असोजमा बसेको स्थायी कमिटीमा भूसालले राखेको उक्त प्रस्ताव प्रथम विद्यान महाधिवेशनमा छलफलका लागि पेस हुँदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.