अमेरिकाले हटायो डेढ वर्षपछि कोभिड यात्रा प्रतिबन्ध

४ असोज ७८, मंगलबार

५ असोज, एजेन्सी ।

अमेरिकाले कोभिडका कारण विदेशी हवाई यात्रुका लागि लगाएको यात्रा प्रतिबन्ध नोभेम्वरदेखि हटाउने भएको छ । तर, सबै यात्रुले खोप लगाएको वा कोभिड परीक्षण गरेको हुनुपर्नेछ । कोरोना महामारी बढेसँगै १८ महिनाअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाएका थिए ।

अमेरिकाले लगाएको अप्रत्यासित प्रतिबन्धका कारण विभिन्न देशबाट अमेरिका गएर बसेका व्यक्तिलाई उनीहरुका छिमेकी, साथीभाई र आफन्तले महिनौंदेखि भेट गर्न पाएका थिएनन् ।

नयाँ नियम नोभेम्बरको सुरुदेखि लागू हुने राष्ट्रपति जो बाइडेनका कोरोनाभाईरससम्बन्धी संयोजक जेफ्री जाइन्टसले जानाकारी दिए । कोभिड यात्रा प्रतिबन्ध हटाउन युरोपसहित अन्य मुलुकले अमेरिकामाथि दबाब दिदै आएका थिए ।

तर, भाईरस फैलनबाट रोक्न हवाई यात्रामा सुरक्षाका पर्याप्त उपाय अप्नाइने बताइएको छ । ‘सबैभन्दा महत्वपूर्ण पक्ष त अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पूर्ण खोप लगाएको हुनुपर्छ,’जाइन्टसले भने ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म ६ लाख ७५ हजार जनाको मृत्यु भइसकेको छ । अहिले पनि कोरोनाका कारण दिनहुँ औषत १५ सय जनाको मृत्यु भएको छ ।

नयाँ नियम अमेरिकाले स्वीकृत गरेको खोप लगाएका व्यक्तिको हकमा मात्र हो वा सबैलाई लागू हुने हो भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । यस बारेमा अमेरिकाको रोग नियन्त्रण केन्द्रले थप निर्णय गर्ने जाइन्टसले बताए ।

अमेरिकाका लागि विमान चढ्नुअघि यात्रुले आफूले पूर्ण खोप लगाएको र कोभिड नेगेटिभ देखिएको प्रमाण अनिवार्य पेस गर्नुपर्नेछ । नेगेटिभ देखिने प्रमाण पछिल्लो तीन दिन भित्रको हुनुपर्छ । पूर्ण खोप नलगाएका अमेरिकीले भने सोही दिन परीक्षण गरी कोभिड नेगेटिभ देखिने प्रमाण पेस गर्नुपर्नेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ ।

क्यानडा र मेक्सिकोबाट अमेरिका गुड्ने सबै सबारी साधनहरुमाथि लगाइएको यसअघिको प्रतिबन्ध भने कायमै गरिएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top