५ असाेज, काठमाडौँ ।
मङ्गलवार नेप्से सूचक सामान्य अङ्कले बढेर २७०० विन्दु माथि पुगेको छ । यस दिन नेप्से सूचक १३.८३ अङ्कले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अङ्कले बढेको छ ।
मङ्गलवार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयरहरू किनबेच भएका छन् ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक भएको छ ।

