×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

९० करोड खोप लगाएपछि भारतले खोप निर्यात खोल्यो

५ आश्विन २०७८

५ असाेज, एजेन्सी ।
विश्वमा चरम रुपमा अभाव रहेको समयमा आफ्ना नागरिकलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोपको निर्यातमा लगाएको प्रतिबन्ध भारतले हटाएको छ । भारतको यो निर्णयले विगतमै खोप खरिद सम्झौता गरिसकेका नेपाल लगायतका देशले कोभिसिल्ड खोप पाउने छन् । भारतले अर्को महिना अर्थात अक्टोबरदेखि अरू देशलाई पनि कोरोना भाइरसविरूद्धको खोप दिने भएको हो ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार भारतका केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मान्दभियाले अक्टोबरदेखि विदेशमा खोप पठाउन सुरू गरिने बताएका हुन् । सेरम इन्स्टिच्युट अफ इन्डियाले एष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयल बनाएको कोरोनाविरूद्धको खोप भारतमै उत्पादन गरिरहेको छ। कोभिसिल्ड नाम दिएको उक्त खोप सुरूमा भारतले अरू देशलाई पनि दिएको थियो। नेपाललाई भारतले सुरूमा १० लाख डोज खोप अनुदानमा दिएको थियो। पछि नेपालले सेरमसँग २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। उक्त २० लाख डोजमध्ये नेपालले १० लाख डोज खोप पाएमात्र पाएको छ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि खोप निर्यातमा प्रतिबन्ध लगाइएको थियो। भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि कोभिसिल्डको पहिलो डोज लगाएका नेपालीले लामो समयसम्म दोस्रो डोज लगाउन पाएका थिएनन्। यस बीचमा नेपाल सरकार देखि राष्ट्रपतिले समेत खोप दिन आग्रह गरेपनि भारतले वोस्ता गरेको थियो । असल छिमेकी भारतले दुखको समयमा त्यही पनि खरिद सम्झौता गरिसकेको खोप रोकेपछि निराश बनेको नेपाललाई अर्काे छिमेकी चीनले साथ दिएको थियो ।

चीनले अनुदानसहित ५७ लाखभन्दा बढी खोप नेपाललाई दिईसकेको छ । नेपालले चीनबाट मात्रै ४४ लाख खोप खरिद गरेर नेपाल ल्याइसकेको छ । भारतसँग खरिद गरेको पहिलो चरणको १० लाख खोप लगाएर लामो समय दोस्रो डोज लगाउन नपाएकाहरुले भने केही समयअघि मात्रै जापान सरकारले अष्ट्राजेनेका खोप अनुदान दिएपछि दोस्रो डोज लगाएका छन् । भारतीय स्वास्थ्यमन्त्री मान्दभियाले भारतभित्र खोप लगाउने कुरामा राम्रो प्रगति भइरहेकाले अब ‘भ्याक्सिन मैत्री अभियान’अन्तर्गत कोभ्याक्स र अन्य मुलुकलाई खोप निर्यात गरिने बताएका छन् । यसअघि भारतले संसारका ७० भन्दा बढी मुलुकमा ६ करोड ६० लाख डोज खोप पठाएको थियो। भारतमा अहिलेसम्म झन्डै ९० करोड डोज खोप लगाइसकेको र खोप लगाउने क्रम तीव्र रूपले अघि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top