डा. नारायण खड्का परराष्ट्रमन्त्री बन्दै, आज शपथ लिने

६ असोज, काठमाडौं ।

Advertisement

कांग्रेस नेता नारायण खड्का परराष्ट्रमन्त्री बन्ने भएका छन् । सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेसँगै देउवाले खड्कालाई परारष्ट्रमन्त्री बनाउने भएका हुन् ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मंगलबार साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो । ‘सरकारको छवि धुमिल हुन नदिन परराष्ट्रमन्त्री तत्काल नियुक्त गरौं, अरु प्रमुख मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्दै जाने सहमति भएको छ,’ गठबन्धन स्रोतले भन्यो, ‘परराष्ट्र मन्त्रालय कांग्रेसले लिने सहमति पनि भएको छ ।’

Advertisement

खड्काले आज पद तथा गोपनीयताको शपथ लिनेछन् । संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री जानुपर्ने भएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार विस्तारै हुँदै गरे पनि परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्न चाहेका हुन्। गठबन्धनबाट निर्णय गराएपछि उनलाई सहज भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पनि राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने निर्णय गरेको थियो।

Advertisement

अरु मन्त्रालय भागवण्डाबारे छलफल गर्न फेरि बैठक बस्ने नेताहरुले बताएका छन् । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गरेका थिए । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री भएका छन् भने माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जामन्त्री छन् । यस्तै १० साउनमा कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top