अन्तिम ओभरमा कात्तिक त्यागी सुपर हिरो बनेपछि पन्जाबमाथि राजस्थानको अविश्वसनीय जित

६ असाेज, एजेन्सी ।

युवा तीव्र गतिका बलर कात्तिक त्यागी अन्तिम ओभरमा सुपर हिरो बनेपछि दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को ३२ औं खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि दुई रनको अविश्वसनीय जित हात पारेको छ ।

मंगलबार जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । पन्जाबलाई जितको लागि अन्तिम ६ बलमा मात्र ४ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर कात्तिक त्यागीले एक रन खर्चेर २ विकेट लिँदै सुपर हिरो बनेपछि राजस्थानले नाटकीय जित हात पारेको छ ।

अन्तिम ओभरको पहिलो बल एडेन माक्ररमलाई डट राख्दा दोस्रो बलमा एक रन खर्चेका थिए । तेस्रो बलमा निकोलस पुरन सन्जु स्यामसनबाट क्याच आउट हुन पुगे । चौथो बल दीपक हुड्डाले डट खादा पाँचौ बलमा स्यामसनबाट क्याच आउट गराए । अन्तिम बलमा फबिएन एलेनलाई डट राख्दै नाटकीय जित पक्का गराए । अन्तिम २ ओभरमा ८ रन चाहिँएको थियो । १९ औं ओभर मुस्ताफिजुर रहमानले चार रन खर्चेका थिए ।

पन्जाबका ओपनर मयंक अग्रवालले ४३ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिए । कप्तान लोकेश राहुल ३३ बलमा ४ चौका र २ छक्का सहित ४९ रनमा आउट भए । पहिलो विकेटका लागि राहुल र अग्रवालले ११.५ ओभरमा १ सय २० रनको उत्कृष्ट शतकीय साझेदारी गरेपनि अन्तिम ओभरमा चुक्दा पराजय हुन पर्यो । डेब्यू खेल खेलेका एडेन माक्ररम २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा अविजित रहे । निकोलस पुरन २२ बलम १ चौका र २ छक्का सहित ३२ रनमा आउट भए ।

युवा तीव्र गतिका बलर चेतन सकारियाको बलमा राहुल कात्तिक त्यागीबाट राहुल क्याच आउट भएपछि अर्धशतक बनाउन एक रनले चुकेका थिए । स्पिनर राहुल टेवाटियाको १३ औं ओभरको अन्तिम बलमा अग्रवाल लियाम लिभिङस्टोनबाट समातिन पुगेका थिए । कात्तिक त्यागीले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ८५ रनमा अल आउट भएको थियो । राजस्थानका बायाँ हाते युवा ओपनर यशस्वी जैसवालले ३६ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ४९ रनको योगदान दिए । युवा ब्याट्सम्यान महिपाल लोमरले १७ बलमा २ चौका र ४ छक्का सहित ४३ रन जोडे । राजस्थानलई ओपनर इभिन लेविस र जैसवालले पहिलो विकेटका लागि ५.३ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

अर्शदीप सिंहले लेविसलाई मयंक अग्रवालबाट ३६ रनमा क्याच गराउँदै पन्जाबलाई पहिलो सफलता दिलाएका थिए । लेविसले २१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । स्पिनर हरप्रीत ब्रारले आठौं ओभरको पहिलो बलमा कप्तान सन्जु स्यामसनलाई चार रनमा लोकेश राहुलबाट क्याच आउट गराए । इंग्ल्यान्डका आक्रामक ब्याट्सम्यान लियाम लिभिङस्टोन १७ बलमा २ चौका र १ छक्का सहित २५ रनमा क्याच आउट भएका थिए । १५ औं ओभरको दोस्रो बलमा हरप्रीत ब्रारले जैसवाललाई अग्रवालबाट क्याच गराउँदै अर्धशतक बनाउन एक रनले चुकेका थिए । त्यसपछि राजस्थानले लगातार विकेट गुमाउन पुगेको थियो ।

राजस्थानको तल्लोक्रमका ब्याट्सम्यान लगातार आउट हँुदा बलियो योगफल बनाउनबाट चुकेको थियो । रियान पराग ४, राहुल टेवाटिया २, क्रिस मोरिस ५ र चेतन सकारिया ७ रन बनाए ।

पन्जाबका अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए । ईशान पोरेल र हरप्रीत बारले एक एक विकेट लिए । राजस्थानले अव शनिबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ भने पन्जाबले शनिबारनै सनराइजर्स हैदराबादसँग खेल्ने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top