नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

६ असाेज, काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीबीच अर्को साता मैत्रीपूर्ण खेल हुने भएको छ । कतारमा साफ च्याम्पिनसिपको अन्तिम तयारीमा रहेको नेपाली टाेलीले आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ ।

खेल स्थानिय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ । भारतसँग भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली कतार पुगेको थियो ।

कतारमा दुई साता अभ्यासपछि नेपाली टोली असोज ११ गते त्यहिँबाट साफ च्याम्पिनसिप आयोजनास्थत माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ ।

कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top