दसैं आयो, चामल आएन

काठमाडौं : जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त। त्यसैले चामल लिन म आफैं आएँ। नपाएर तनाव भयो,’ जुनकलाले भनिन्, ‘दसैं–तिहार आयो, मिठो मसिनो नभए पनि भात खान नपाइने भयो, गाउँमा महँगो चामल किन्न सकिन्न।’

Advertisement

चामलका लागि साहूबाट सय कडा ५ रुपैयाँको ब्याजमा ऋण निकालेर उनले ल्याइन्। ‘गाउँको साहूसँग ऋण काडेर ल्याएको, यता चामल नपाएपछि कोल्टी जाउँ भनेको त त्यहाँ पनि सकिएको रहेछ’, जुनकलाले भनिन्।

सोही गाउँकी धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान् कामका लागि भारत गएका छन्। उनी लालाबाला छिमेकीको भरमा छोडेर तीन दिन लगाएर चामल किन्न आएकी हुन्। तर, उनी पनि रित्तो हात घर फर्केकी छन्।

Advertisement

‘सरकारले पनि कस्तो बेवास्ता गरेको रु सरकारसँग किनेर पनि दसैंमा चामल खान नपाइने भयो’, धर्माले निराश हुँदै गुनासो गरिन्। चामल नपाए अब दसैंमा कन्दमूल, गिठ्ठा, भ्याकुर र सिस्नोमा छाक टार्नुपर्ने बाध्यता रहेको उनले बताइन्।

सोही ठाउँका जयबहादुर भण्डारी पनि खाद्यान्न लिन कवाडी बिक्री केन्द्र पुगे। त्यहाँ नपाएपछि कोल्टी पुगेरै भए पनि खाद्यान्न लिएरै आउने उनको धोको थियो। तर, कोल्टी डिपो पनि खाली भएको थाहा पाएपछि उनी रित्तै फर्किए। ‘दसैंनजिक आउन थाल्यो, सरकारले दसैंका लागि त चामल पठायो होला भन्ने लागेको थियो तर, पठाएनछ’, भण्डारीले भने, ‘सरकार ठूलो चाडबाडका बेला खाने व्यवस्था मिलाइदेऊ।’

Advertisement

हिमाली गाउँपालिका बाजुराको सर्वाधिक बिकट गाउँपालिका हो। यो गाउँपालिकाको टाढाको गाउँ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ। कवाडी बिक्री केन्द्रका लागि गत वर्ष मात्रै खाद्य संस्थानले ३ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको थियो।, याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top