प्रियंका कार्कीलाई पुत्री लाभ

प्रियंका कार्कीलाई पुत्री लाभ

६ असाेज, काठमाडौं ।

नायिका प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । प्रियंकाले सामाजिक सञ्जालमा श्रीमान् सँग बसेर छोरी काखमा लिएको फोटो सार्वजनिक गरेकी छन् ।

उनले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरेकी छिन् । तस्बिर राख्दै उनले लेखेकी छिन् ‘छोरी आयन्का तिमीलाई यस संसारमा स्वागत छ ।’

प्रियंका गत वर्ष आयुशमान देशराज जोशी सँगै विवाह बन्धनमा बाँधिएकी थिइन् । गर्भवती भएपछि उनले आफ्नो गर्भावस्थालाई लिएर सामाजिक संजालमा बेबी बम्प, बेबी सावर लगायतका तस्विर सार्वजनिक गरेकी थिइन् । उनका यी तस्विरलाई लिएर सामाजिक संजालमा निकै चर्चा हुने गथ्र्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.