मनास्लु आरोहणका लागि बाटो तयार, असोज १० बाट आरोहण शुरु

६ असोज ७८, बुधबार
Share this
820shares

काठमाडौं: मनास्लु हिमाल (आठ हजार १८३ मिटर) आरोहणका लागि तेस्रो क्याम्प भन्दा माथि अर्थात सात हजार मिटरसम्म बाटो निर्माणको काम सम्पन्न भएकाले असोज १० गतेदेखि आरोहण शुरु हुने भएको छ । आरोहण मार्ग निर्माणको जिम्मा लिएको सेभेन समिट ट्रेकका आधारशिविर मेनेजर टासी लाक्पा शेर्पाका अनुसार आरोहीको संख्या बढी भएकाले यस वर्ष आरोहण व्यवस्थापन गर्न पनि चाँडै बाटो निर्माण गरी आरोहण सम्पन्न गर्ने लक्ष्य राखेको बताउनुभयो ।

Advertisement

आरोही गाइड सोना शेर्पाको नेतृत्वमा निमाटासी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, फुरा तेन्जिङ शेर्पा, पासाङ नुर्वु शेर्पा र टासि शेर्पाले मंगलबारसम्ममा सात हजार मिटरसम्म बाटो निर्माण गरी सकेको जनाएको छ । यस वर्ष मनास्लु हिमाल आरोहणका लागि १७ आरोहण दलबाट १३३ पुरुष र ३८ जना महिला गरी १७१ जना आरोहीले अनुमति लिएका छन् । यो अघिल्लो वर्षको तुलनामा बढी रहेको पर्यटन विभागको तथ्याङक छ ।

जोखिम आरोहणमध्येमा पर्ने मनास्लु हिमाल आरोहण गरी कीर्तिमान कायम गर्न २० बढी देशका आरोहीहरु आधारशिविर पुगिसकेको एजेन्सीहरुले जनाएको छ । यो महिना मनास्लु हिमालसँगै थप पाँचवटा हिमाल आरोहणका लागि विभागले अनुमती प्रदान गरेको छ ।

Advertisement

गाेरखापत्र

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top