खोप अभियानले नेपालको अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रक्षेपण

५ असोज ७८, बुधबार

६ असाेज, काठमाडौं ।

एसियाली विकास बैंक (एडीबी)ले नेपालमा जारी कोभिड-१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने प्रक्षेपण गरेको छ। एडीबीद्वारा बुधबार प्रकाशित ‘एडीबी आउलुक-२०२१’ मा सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हासिल हुने प्रक्षेपण गरिएको हाे।

‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीको नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरुका कारणले २०२१ मा क्रमिक आर्थिक सुधारलाई उल्ट्याउनसक्छ।’

Advertisement

एडीबीले वर्ष २०२१ मा २.३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्धिदर अर्को वर्ष बढ्ने अनुमान गरेकाे हाे । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो। एडीबीले गत अप्रिलमा यो वर्ष ३.१ प्रतिशत र आगामी वर्ष (२०२२) ५.१ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

Advertisement

 

प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषि क्षेत्रमा वृद्धि हुने सम्भावना छ। उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्धि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ।

स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरु र प्रभावित व्यवसायहरुका लागि सहुलियत प्रदान गरिएकोले अर्थतन्त्र सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ। थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरुका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरु बढेका कारण आर्थिक वृद्धिमा सहयोग पुग्ने औंल्याइएको छ।

प्रतिवेदनमा २०२२ मा मूल्यवृद्धि ५.२ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३.६ प्रतिशत अनुमान गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top