म सभापतिको प्रतिस्पर्धी होइन : विजय गच्छदार

म सभापतिको प्रतिस्पर्धी होइन : विजय गच्छदार

६ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् ।

ललितानिवास प्रकरणमा मुछिएका गच्छदारले त्यस सम्बन्धमा आफ्नो धारणा राख्न बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा  महाधिवेशनमा सभापतिको पदमा प्रतिस्पर्धा गर्ने सोच नराखेको बताए। उनले कुन पदमा प्रतिस्पर्धी हुने भन्ने कुरा पछि खुलाउने बताए।

उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताए । दुबै नेताहरु मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफूले चाहेको भन्दै उनले अघि भने, ‘म कुनै गुटमा छैन र सभापतिको दाबेदार होइन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.