वडाध्यक्ष नभेटेको झोकमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

६ असोज, सुर्खेत ।

Advertisement

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ काे कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर  वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । वडाध्यक्षको कार्यकक्षमा आगजनी गर्ने स्थानीय वास्ताम लामिछाने भएकाे प्रहरीले जनाएकाे छ ।

आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको वडाध्यक्ष सुनारले जानकारी दिए । बुधाबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको उनले बताए ।

Advertisement

वडाध्यक्ष सुनारले  भने, ‘करिब १०ः०४ बजेतिर वडा कार्यालयकै ल्याण्डलाइनबाट फोन आयो । मैले फोन रिसिभ गरें । फोन रिसिभ हुनेबित्तिकै तपाईं कार्यकक्षमा आउनु पर्दैन भन्दै ती युवक कडकिए ? डुलिडुली खाने ? भनेर धम्की दिन थाले । मैले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ, बस्दै गर्नुस् न, यदि हतार नै हो भने यही होटेलमै आउनुस् भनेर फोन राखें ।’

वडाध्यक्ष सुनारका अनुसार उनले फेरि फोन गरे, तपाईं आउनुहुन्छ कि तपाईंको कार्यालय जलाइदिम ? भनेर धम्की दिएर फोन काटे । त्यसलगतै सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन भने । त्यसको १० मिनेटपछि त वडा कार्यालयमा आगजनी भएको खबर आएकाे सुनार बताउँछन् ।

Advertisement

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले  घटननाबारे थप अनुसन्धान भइरहेको बताए ।

नगरप्रमुख देवकुमार सुवेदीले लगायतको टोलीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top