राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

५ असोज ७८, बुधबार

६ असोज, हेटौंडा ।

मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय परिचयपत्र बनाउन थालेका छन् । यसका लागि गाउँपालिकाले पशुपति माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन पाएकोमा निकै खुशी लागेको पूजा वनकरियाले बताइन् । ‘राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा धेरै खुशी लागेको छ,’ उनले भनिन् ।

३८ वर्षीय सुरेश वनकरियाले पनि आफ्नो नागरिकता हराएर प्रतिलिपि बनाएर राष्ट्रिय परिचयपत्रमा फोटो खिचाएको बताए । आफू सानो छँदा आफ्नो परिवार वनमा कन्दमूल खोज्न व्यस्त हुने गरेको सम्झना गर्दै उनले अब राज्यका अंगमा आफूहरु पनि सामेल हुन थालेकोमा खुशी लागेको बताए ।

प्राथमिक शिक्षा अध्ययन गरेका उनले आफ्ना भावी सन्तति अब शिक्षाको उज्यालोबाट वञ्चित हुन नपर्नेमा आशावादी रहेको बताए । नेपालभर जम्मा ९१ जना रहेको वनकरिया समुदायका ३० जनाले गाउँपालिकाले सञ्चालन गरिरहेको शिविरमा आफ्नो परिचयपत्रसहित उपस्थित भइरहेका छन् । मनहरि–४ का वडाध्यक्ष धु्रव खड्काले स्थानीयस्तरमा सेवा प्रवाह गरेको जानकारी दिए ।

विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले भने, ‘केही वर्ष अघिसम्म वनमा आधारित जीवनशैली रहेको वनकरिया समुदाय अहिले शिक्षित हुँदैछन्, राज्यको सेवा सुविधामा पहुँच बढ्दै गएकोले हामीलाई पनि खुशी बनाएको छ ।’ वनकरिया बस्तीमा हाल उच्च शिक्षा अध्ययन गर्ने छात्रा समेत भएको उनले बताए ।

वनकरिया समुदायका छात्रछात्रालाई घरमा नै गएर विद्यालय भर्ना अभियान चलाएको प्रधानाध्यापक आचार्यले जानकारी दिए । मनहरि–४ का वडासचिव विदुर पाठकले १० दिनसम्मको शिविरमा ९०० जनाले राष्ट्रिय परिचयपत्र बनाएको बताए । शिविर सञ्चालनको समय पाँच दिन थपिएको छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top