कार्यकर्ता भएकै आधारमा राजदूत नियुक्त गर्नु हुँदैन : परराष्ट्रमन्त्री खड्का

६ असाेज, काठमाडौँ ।

परराष्ट्रमन्त्री नारायण खड्काले कुनै राजनीतिक दलको नेता कार्यकर्ता भएकै आधारमा राजदूत नियुक्त गर्न नहुने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज मन्त्री पदको कार्यभार सम्हाल्दै खड्काले देशको प्रतिनिधित्व गर्ने र मुलुकको राष्ट्रिय हितमा हुने गरी राजदूतको नियुक्ति गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘राजदूत भनेको दलीय हिसाबमा कुनै खास विशेष आधारमा नियुक्त गरेर पठाउने होइ+न । कुनै देशमा हामी राजदूत पठाउँछौँ भने त्यो देशको संस्कृति, संस्कार जानेको, अन्तर्राष्ट्रिय भाषाको ज्ञान चाहियो नै ! र, कूटनीतिक अवस्थालाई थाहा पाएर नेपालको हितलाई प्रवर्द्धन गर्न सक्ने विश्वास र क्षमता भएको साथी हो । त्यस्तो खालका साथीहरुलाई राजदूत बनाउँदा हुन्छ। ’

राजदूत छनोट गर्दा धेरै कुराहरु ध्यान दिनुपर्ने उनले बताए । उनले भने,‘टेबलमा खाना खाँदा काँटाचम्चा चलाउनेदेखि लिएर ड्रेस कोड बुझेको, धेरै धेरै कुराहरु जानेको मान्छे हुनुपर्छ, कतिपय ठाउँमा लबी गर्नुपर्ने हुन्छ, डिप्लोमेटिक मेटिङहरुमा जानुपर्ने हुन्छ । यी सबै सीप भएका व्यक्तिहरुलाई सिफारिस गर्दा राम्रो हुन्छ भन्ने मेरो विचार हो ।’

उनले आफू फर्किएपछि मात्रै राजदूत नियुक्तिका विषयमा छलफल हुने बताए । मन्त्री खड्का आजै  संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिन अमेरिका प्रस्थान गर्दैछन् ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top