स्वदेशी फूलले नधान्ने भयो यस वर्षको चाड

६ असोज, काठमाडौँ ।
फूलहरुको पर्व तिहार आउन महिना बाँकी छ । तर त्यस अघि आउने हिन्दु धर्मालमबीहरुको महान चाड दशैमा समेत फूलकोमाग हुने गर्दछ । मुख्य चाडहरु दशै तिहार र छठ पर्वमा नै फुलको माग आकाशिने गरेको छ । तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्ष चाडपर्व सँगै फूलमा समेत देखिने भएको छ ।

यो वर्ष दशैंतिहारलगायत चाडपर्वमा आवश्कता अनुसार फूलको व्यवस्थापन गर्न नसकिने व्यवसायीहरुले बताएका छन्। कोरोना महामारीका कारण गरिएको निषेधज्ञाले फूल व्यवसाय धराशयी भएकाले फूल खेती कमी भएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । उत्पादनमा कमी हुने भएकाले पर्याप्त माग अनुसार आपूर्ति गर्ने अवस्था नभएको उनको भनाइ छ । बजार अभाव र मजदूर समस्याका कारण २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले फूलको माग पूरा गर्न सक्ने अवस्थामा आफूहरु नभएको उनले बताएका छन् ।

सरकारसँग बीमाको व्यवस्था र नीति नियमलाई प्रभावकारी बनाएर व्यवसायलाई सुरक्षित बनाउन माग गरे पनि सुनुवाइ नभएकाले व्यवसायीहरु पलयान हुँदै गएको उनको भनाइ छ । कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उनले बताएका छन् । व्यवसायीहरुले सरकारसँग बीमाको व्यवस्था र नीति नियमलाई प्रभावकारी बनाएर व्यवसायलाई सुरक्षित बनाउन माग गरिदिन माग गरे पनि सुनुवाई नभएको फूल व्यवसायी भोजराज तिमल्सिनाले बताएका छन् ।

कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उनको भनाइ छ । तर अन्य व्यवसाय भन्दा चाँडै पुष्प व्यवसाय पूरानै लयमा फर्किने व्यवसायीहरुले बताएका छन् । फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएकाले पुष्प व्यवसायबाट आम्दानी गर्न सकिने भएकाले सरकारले व्यवसायीहरुलाई प्रविधिक सीपका तालिमहरु समेत दिन व्यवसायीहरुको माग छ ।

बढी जसो दशैँ र तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ । दशैंतिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ । फूल व्यवसायमा करिव ४० हजार परिवार संलग्न रहेको फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ । कृषि विभागका अनुसार २० प्रतिशत फूल अझै भारतबाट आयात हुँदै आएको र करिब तीन करोड रुपैयाँ बराबरको पुष्पजन्य वस्तु विदेशबाट निर्यात हुने गरेको जनाएको छ । नेपालमा वर्षेनी करिब एक अर्ब रुपैँया भन्दा बढीको कारोबार पुष्प व्यवसायमा हुने बताइन्छ। जहाँ करोडौको फूल भारतबाट आयात गर्ने गरिएको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top