७५ वर्षे इतिहासमा पार्टी कब्जा गर्ने यस्तो कार्य कहिल्यै भएको थिएन : शेखर कोइराला

७ असाेज, काठमाडौं।

नेपाली कांग्रेसको सभापतिको उम्मेदवारमा दाबी गरेका नेता डा शेखर कोइरालाले पार्टी सभापति पक्षले पार्टी कब्जा गर्न लागेको आरोप लगाएका छन्।

केन्द्रीय कार्यालयमा धर्नामा बसेका जिल्लाका नेताहरुको आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्न पुगेका कोइरालाले क्रियाशील सदस्यता वितरण र तल्लो तहको नेतृत्व चयनमा पार्टी कब्जा गर्ने तरिकाले जिल्लामा नेताहरुले गुन्डागर्दी देखाएको आरोप लगाए। ७५ वर्षे लामो इतिहासमा अहिलेसम्म कांग्रेसमा कहिल्यै यस्तो नभएको उनको दाबी छ।

उनले भने,‘पार्टी कब्जा गर्ने कार्य स्वीकार्य हुँदैन। गुण्डागर्दी गर्ने यस्ता तत्व जिल्ला जिल्लामा परास्त हुन्छन्।’ आन्दोलनरत कार्यकर्ताप्रति उनले समर्थन रहेको बताए। ‘जुझारू साथीहरू विचलित बनाउन आक्रमण र प्रशासनको दुरुपयोग गर्ने प्रयास भएको छ, तपाईंहरु विचलित नहुनुहोस्’, कोइरालाले भने, ‘त्यस्ता तत्व जिल्ला–जिल्लाबाट विस्थापित हुन्छन् । तपाईंहरू लाग्नुहोस्, हाम्रो पूर्ण समर्थन छ ।’

क्रियाशील सदस्यता विवादले रौतहटका जिल्ला कार्यकर्ता धर्नामा बसिरहेका छन्। डडेलधुरामा भदौ २५ मा गरिएको वडा अधिवेशन प्रति उनले असन्तुष्टि जनाए। संस्थापनइतरको विरोध वीच डडेलधुरामा वडा अधिवेशन गरिएको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top