केपी ओली हरुवा हो, भगौडा हो -प्रचण्ड

केपी ओली हरुवा हो, भगौडा हो -प्रचण्ड

७ असाेज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली भगौडा भएकाे आरोप लगाएका छन् ।

काभ्रेको पाँचखालमा वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । उनले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताए।

उनले भने, ‘केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो, मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.