ज्ञानेन्द्र मल्लले पनि इपिएल नखेल्ने

७ असाेज, काठमाडौं ।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् ।  साविक विजेता ललितपुर प्याट्रियट्र्सका कप्तान समेत ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै खेल्न नसक्ने बताएका छन् ।

ललितपुरले बिहिबार एक प्रेस विज्ञप्ति मार्फत ज्ञानेन्द्रले इपिएल नखेल्ने जनाएको छ । शनिबारबाट सुरु हुने इपिएलमा ज्ञानेन्द्रले नखेल्ने भएपछि ललितपुर ठूलो समस्यामा परेको छ । स्वदेशी सबै युवा खेलाडी हुँदा नेतृत्व कस्ले गर्ने अन्यौल बढेको छ । ललितपुरको कप्तानी विदेशी खेलाडीले गर्ने सम्भावना बढेको छ ।

यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स इलेभेनका दीपेन्द्रसिंह ऐरीले पनि इपिएल नखेल्ने पक्का भइसकेको छ । दीपेन्द्र चोटका कारण नखेलेका हुन् । पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन् ।

ललितपुरमा अब स्वदेशी खेलाडीमा कुशल भुर्तेल र पवन सरार्फ कप्तानी गर्न सक्ने सम्भावित खेलाडी हुन् । विदेशी खेलाडीमा सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डोको सम्भावना उच्च छ । ललितपुरका कुनैपनि स्वदेशी खेलाडीले हालसम्म कप्तानी गरेका छैनन् ।

ललितपुरले विदेशी खेलाडीको रुपमा भुटानका ब्याट्सम्यान मिक्यो दोर्जी, अफगानिस्तानका युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई, श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान सन्दुन वीराक्कोडी र ओशदा फर्नान्डो रहेका छन् । सन्दीप जोरा, राशिद खान, पवन सरार्फ, कुशल भुर्तेल, सोनु तामाङ, योगेन्द्रसिंह कार्की, कमल खत्री, रिजन ढकाल, बिभत्सु थापा, अरियो पौडेल, शंखर राना, नारायण जोशी, सुर्य तामाङ र नागराज सिंह स्वदेशी खेलाडीको रुपमा छन् ।

इपिएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top