बजेट आजै खुल्ने सम्भावना छ : अर्थमन्त्री शर्मा

७ असाेज, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ । सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए । उनले भने – ‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि, लालमोहर लागिसकेपछि बजेट खुल्छ । सम्भवत्ः आजै खुल्ने सम्भावना छ । सभामुखजीले त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ । त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए । उनले एक, दुई दिनमै सरकार विस्तार गरिने पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top