राष्ट्रपतिले गरिन् बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

Share this
703shares

७ असोज, काठमाडौं ।

Advertisement

 राष्ट्रपति विद्यादेवी भण्डारीले चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस भएको ‘विनियोजन विधेयक, २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Advertisement

बिहीबार राष्ट्रपतिबाट बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top