×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्यारोपण

८ आश्विन २०७८

८ असाेज, गलकोट।

बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण गरिएको छ । गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको बिहीबार सफलरूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यसलाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ ।

Advertisement
Advertisement

दुर्गम जिल्लामध्येको बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको हड्डी प्रत्यारोपण गरिएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रतीक आचार्यले जानकारी दिए । कम्मरको देब्रेतर्फको गेडी जोर्नी शल्यक्रियामार्फत निकालेर स्टिलको गेडी राख्न सफल भएको र यो अत्यन्तै जोखिमपूर्ण भए पनि जोर्नीको प्रत्यारोपण सफल भएको डा आचार्यले बताए ।

“उहाँको पहिलो जोखिम भनेको उमेर हो, ८६ वर्षको उमेरमा शल्यक्रियामार्फत प्रत्यारोपण विरलै हुन्छ, अझ पहाडको सरकारी अस्पतालमा”, आचार्यले भने, “हाम्रो शल्यक्रिया समूहले निकै जोखिम मोलेर शल्यक्रिया गरेर हड्डी प्रत्यारोपण गरेका हौँ, एक जनाले मात्रै यो गर्न सकिँदैन, सबैको सहयोगले यो सम्भव भएको हो ।”

आचार्यका अनुसार यसअघि आफ्नै नेतृत्वको समूहले ७० वर्षका वृद्धको जोर्नी प्रत्यारोपण गरे पनि त्योभन्दा बढी उमेरको हड्डी प्रत्यारोपण भएको यस अस्पतालको पहिलो हो । उमेर जति बढी भयो त्यति नै शल्यक्रिया तथा प्रत्यारोपण कम सफल हुँदै आए पनि ८६ वर्षकी आमाको सफलतापूर्वक स्टिल गेडी जोर्नी प्रत्यारोपण गर्न सफल भएको एनेस्थेसिया डा. नवीन पौडेलले बताए ।

“बिरामीलाई बेहोस बनाएर गरिने शल्यक्रियामा उमेरको ठूलो महत्व हुन्छ, उमेर बढी भएसँगै शरीर कमजोर हुन्छ, फोक्सो तथा हड्डी कमजोर हुन्छ, हामीले यो स्तरको सरकारी अस्पतालमा जोखिम मोलेकै हो”, डा. पौडेलले भने, “यस्ता शल्यक्रिया गर्न अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरीटेन्डेन्टको समेत ठूलो सहयोग छ ।”

तीजको दिनमा बागलुङ नगरपालिका–१० भकुण्डे निवासी तुलासाको शौचालय जाने क्रममा लडेर कम्मरको देब्रे जोर्नी भाँचिएको थियो । परिवारले यसअघि धौलागिरि अस्पतालमा शल्यक्रिया गर्न दुई पटक ल्याउँदासमेत उनले शल्यक्रिया गर्न मानेकी थिइनन् तर दुखाइ बढी भएको र विस्तरामै थला पर्ने अवस्था आएपछि शल्यक्रियाका लागि परिवारले तेस्रो पटक अस्पताल ल्याएको र शल्यक्रिया सफल हुँदा खुसी भएको तुलसाका नाति धनबहादुर थापाले बताए । उनलाई अझै १० दिन अस्पतालमा नै राखिनेछ ।

Advertisement

प्रत्यारोपणपछि उनी सामान्य हिँड्डुल गर्नसक्ने अवस्थामा आउने चिकित्सकको आशा छ । अस्पतालको मेहनतका कारण अहिले हाड, जोर्नीसम्बन्धी शल्यक्रिया बढ्दै गएको र गत भदौ महिनामा मात्रै ४५ वटा हाडजोर्नीकै शल्यक्रिया सम्पन्न भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । रासस

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top