NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध शुक्रबार अशोज ३ , २०८२
नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ? शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना शुक्रबार अशोज ३ , २०८२
ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’ शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ? शुक्रबार अशोज ३ , २०८२
Next
Prev

समाचार

८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्यारोपण

शुक्रबार अशोज ८ , २०७८
Reading Time: 1 min read
A A
८६ वर्षीया वृद्धाको पहिलो पटक जोर्नी प्रत्यारोपण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

८ असाेज, गलकोट।

बागलुङको धौलागिरि अस्पतालमा पहिलोपटक ८६ वर्षीया वृद्धाको जोर्नी प्रत्यारोपण गरिएको छ । गत भदौ २४ गते लडेर देब्रे कम्मरको जोर्नीमा रहेको हड्डीको गेडी भाँचिएको तुलसा थापाको बिहीबार सफलरूपमा जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यसलाई मेडिकल भाषामा ‘नेक अफ फिमर’ भन्ने गरिन्छ ।

दुर्गम जिल्लामध्येको बागलुङस्थित सरकारी अस्पतालमा ८६ वर्षीया थापाको हड्डी प्रत्यारोपण गरिएको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. प्रतीक आचार्यले जानकारी दिए । कम्मरको देब्रेतर्फको गेडी जोर्नी शल्यक्रियामार्फत निकालेर स्टिलको गेडी राख्न सफल भएको र यो अत्यन्तै जोखिमपूर्ण भए पनि जोर्नीको प्रत्यारोपण सफल भएको डा आचार्यले बताए ।

LS Auto

“उहाँको पहिलो जोखिम भनेको उमेर हो, ८६ वर्षको उमेरमा शल्यक्रियामार्फत प्रत्यारोपण विरलै हुन्छ, अझ पहाडको सरकारी अस्पतालमा”, आचार्यले भने, “हाम्रो शल्यक्रिया समूहले निकै जोखिम मोलेर शल्यक्रिया गरेर हड्डी प्रत्यारोपण गरेका हौँ, एक जनाले मात्रै यो गर्न सकिँदैन, सबैको सहयोगले यो सम्भव भएको हो ।”

आचार्यका अनुसार यसअघि आफ्नै नेतृत्वको समूहले ७० वर्षका वृद्धको जोर्नी प्रत्यारोपण गरे पनि त्योभन्दा बढी उमेरको हड्डी प्रत्यारोपण भएको यस अस्पतालको पहिलो हो । उमेर जति बढी भयो त्यति नै शल्यक्रिया तथा प्रत्यारोपण कम सफल हुँदै आए पनि ८६ वर्षकी आमाको सफलतापूर्वक स्टिल गेडी जोर्नी प्रत्यारोपण गर्न सफल भएको एनेस्थेसिया डा. नवीन पौडेलले बताए ।

“बिरामीलाई बेहोस बनाएर गरिने शल्यक्रियामा उमेरको ठूलो महत्व हुन्छ, उमेर बढी भएसँगै शरीर कमजोर हुन्छ, फोक्सो तथा हड्डी कमजोर हुन्छ, हामीले यो स्तरको सरकारी अस्पतालमा जोखिम मोलेकै हो”, डा. पौडेलले भने, “यस्ता शल्यक्रिया गर्न अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरीटेन्डेन्टको समेत ठूलो सहयोग छ ।”

तीजको दिनमा बागलुङ नगरपालिका–१० भकुण्डे निवासी तुलासाको शौचालय जाने क्रममा लडेर कम्मरको देब्रे जोर्नी भाँचिएको थियो । परिवारले यसअघि धौलागिरि अस्पतालमा शल्यक्रिया गर्न दुई पटक ल्याउँदासमेत उनले शल्यक्रिया गर्न मानेकी थिइनन् तर दुखाइ बढी भएको र विस्तरामै थला पर्ने अवस्था आएपछि शल्यक्रियाका लागि परिवारले तेस्रो पटक अस्पताल ल्याएको र शल्यक्रिया सफल हुँदा खुसी भएको तुलसाका नाति धनबहादुर थापाले बताए । उनलाई अझै १० दिन अस्पतालमा नै राखिनेछ ।

प्रत्यारोपणपछि उनी सामान्य हिँड्डुल गर्नसक्ने अवस्थामा आउने चिकित्सकको आशा छ । अस्पतालको मेहनतका कारण अहिले हाड, जोर्नीसम्बन्धी शल्यक्रिया बढ्दै गएको र गत भदौ महिनामा मात्रै ४५ वटा हाडजोर्नीकै शल्यक्रिया सम्पन्न भएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । रासस

लोकप्रीय

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२

विचार

थप समाचार

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने
ताजा समाचार

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

ओलीको वाक्य फुट्यो,‘ताकी ताकी गोली हान्न आदेश दिएको थिइन’

शुक्रबार अशोज ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रवि कारागार फर्किने, कसले भगाएका थिए ? पत्र नक्कली ?

शनिबार भदौ २८ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

हालका पोस्टहरू

फेरि तातिए कुलमान,उद्योगमा लाइन फेरि काट्ने

एक्शनमा कुलमान,अलपत्र आयोजनाको ठेक्का तोडिने,सुनकोशी मरिन रद्ध

शुक्रबार अशोज ३ , २०८२
जेनजीको आवाजलाई संविधानले कहिले समेट्छ ?

नेताले गरे संविधान दिवस समारोह बहिष्कार,कुन नेताले के रटान लगाए ?

शुक्रबार अशोज ३ , २०८२
ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

ओलीमा अझै गएन घमण्ड, न पश्चाताप न क्षमा याचना

शुक्रबार अशोज ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.