NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?

शुक्रबार अशोज ८ , २०७८
Reading Time: 1 min read
A A
धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं: काठमाडौं कपनस्थित साततले, पाथीभरा टोलकी ६० वर्षीया धनमाया विश्वकर्मा घरभित्र रुँदै एकोहोरो स्वरमा पति मंगलेलाई भन्दै थिइन्, ‘नातिलाई खोजेर ल्याउनुस् । सास बाँकी छैन भने लास भए पनि लिएर आउनुस् ।’

धनमायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा १० वर्षीय भदाको फोटो हेर्दै भक्कानिन्छन्। कोलाहलको स्थिति समाल्न नसकेर मंगले खाटबाट जुरुक्क उठेर घर बाहिर निस्कन्छन् । घरपारि बगिरहेको वाग्मती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन् ।

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो । काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन् ।

Advertisement

ठूलो वर्षा भएकाले ढल भरिभराउ थियो । उज्ज्वल ढलमा खसेर बेपत्ता भएपछि हजुरबुवा मंगले, हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँसु रोकिन सकेको छैन । ९ वर्षअघि छोरा–बुहारी आआफ्नो बाटो लागेपछि मंगले, धनमाया, अनिता र सुनिताले उज्ज्वलको हेरचाह गर्दै आएका थिए । ‘हाम्रो बुढेसकालको सहारा नाति कहिल्यै नफर्किने गरी गयो,’ भावुक हुँदै धनमायाले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ ?’

उज्ज्वल ढलमा खसे लगत्तै वरपरका मानिस उद्धारमा लागे पनि भेट्टाउन सकेनन् । बुढानीलकण्ठ नगरपालिका–१२, कपनको मिलन चोकमा खुद्रा पसल सञ्चालन गरिरहेका शम्भु थापाले मुसलधारे वर्षा भएपछि रमाउँदै आइरहेका उज्ज्वल मुख नछोपिएको ढलमा खसेर बेपत्ता भएको बताए । ‘ती बाबु वर्षा भएपछि रमाउँदै आइरहेका थिए,’ थापाले भने, ‘उनलाई देखेपछि परिचित दाइ चिच्याएको सुनेर ढलमा पर्नबाट जोगाउन दौडिँदै थियौं ।

आँखा झिमिक्क गर्न नपाउँदै ती बाबु ढलमा खसे । हामी पुग्दा उनी बेपत्ता भइसकेका थिए ।’ उनीहरूले करिब साढे आठ बजेतिर प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी घटनाबारे खबर दिएका थिए । प्रहरी र स्थानीयले राति ११ बजेसम्म खोजी गरे पनि उज्ज्वल फेला परेनन् ।

‘कपन क्षेत्रको बाटो बिग्रिएको चार वर्ष भइसकेको छ,’ थापाले भने, ‘केही महिनाअघि ढल राखेको क्षेत्रमा ढलान गर्ने काम भइरहेको थियो । वर्षायाममा काम हुन नसकेपछि त्यो ढल नछोपी धराप पारेर छाडिएको थियो । स्थानीय तहलाई जानकारी गराउँदा बेवास्ता गरेपछि हामीले ढलको मुख बाँसले घेरिदिएका थियौं ।

मुसलधारे वर्षासँगै आएको बाढीले सबै बगायो ।’ थापाका अनुसार काठमाडौं–६ र बुढानीलकण्ठ–१२ लाई जोड्न खहरे खोलामाथि ग्राभेल बाटो बन्यो र बाटोमुनि खोलाको पानी पठाउन ह्युम पाइप राखिएको थियो । वर्षायाममा ढलको पानी घरभित्र पस्ने गरेको उनले बताए । उज्ज्वलको परिवारले खहरे खोला हुँदै सात तलेको पाथीभरा टोल फर्कने क्रममा उनी बेपत्ता भएको जनाउँदै बुधबार महानगरीय प्रहरी प्रभाग कपनमा जाहेरी दिएको छ ।

महानगरीय प्रहरी प्रभाग कपन र सामाखुसीस्थित विपद् व्यवस्थापनबाट १३ जनाको प्रहरी टोलीले बुधबार र बिहीबार उज्ज्वलको खोजी गरे पनि फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी गराएका छन् ।

‘ढलमा खसेर बेपत्ता भएका बालकको खोजी गरिरहेका छौं, उनले भने, ‘छिर्न मिल्ने ढलदेखि धोबीखोलासम्म पुगेर हेरे पनि उनी फेला परेका छैनन्। गत सातादेखि कपनको खरिबोटस्थित फुपू अनिता कोइरालाको घरमा बसिरहेका उज्ज्वल हजुरबुवासँग साततलेमा रहेको घरमा फर्कंदै थिए।

मुलसधारे वर्षा भएपछि हजुरबुवा मंगले बाटोमा ओत लागेर बसे भने उज्ज्वल रमाउँदै घरतर्फ लम्किए । मंगले घर आइपुग्दा नाति उज्ज्वल घर पुगेका थिएनन् । छिमेकतिर गयो भनेर मंगले सुते । उज्ज्वल बुधबार बिहानसम्म पनि घर नआएपछि मंगले आत्तिए ।

उज्ज्वल नभेटिएपछि फुपू अनिताले प्रहरीमा जाहेरी दिएकी थिइन् । अघिल्लो राति एक बालक ढलमा खसेर बेपत्ता भएको उद्धारमा खटिएकाले बुधबार बताएपछि पाएपछि बल्ल मंगलेको परिवार झस्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार ढलमा खसेर बेपत्ता हुने तिनै मंगलेका नाति उज्ज्वल थिए ।

फुपू अनिताका अनुसार घरछेउको स्कुलमा कक्षा २ मा अध्ययनरत उज्ज्वलका बुबाआमा दुवै छैनन् । ‘आमा (हजुरआमा), बुवा (हजुरबुवा) र मैलै उसको हेरचाह गर्दै आएका थियौं,’ उनले भनिन्, ‘एक सातादेखि उज्ज्वल मसँगै थियो । बुबा र उज्ज्वल मंगलबार राति मेरो होटलमा खाना खाएर घर फर्किनुभएको थियो ।

उज्ज्वल बेपत्ता भएको प्रहरीमा जाहेरी दिएलगत्तै ऊजस्तै हुलिया भएको बालक ढलमा खसेको कुरा सुनेर होस उडेको छ ।’ बुढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार सो सडक खण्डमा ढलानको काम सिँचाइ विभागले गर्दै आएको थियो । ‘गत वर्ष बजेट परे पनि सिँचाइ विभागले काम पूरा गर्न सकेको छैन । नगरपालिकासँग समन्वय गर्न पनि विभागले मान्दैन । दुर्घटना भएपछि मात्र सबैले चाल पाउँछन् ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकामा ४८ जना बाटोमा धराप पारेर राखेको खाल्डो र ढलमा परिसकेका छन् । तीमध्ये १४ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका अनुसार सडक विकास निर्माणको काम गर्दा सावधानी नअपनाउँदा सर्वसाधारण खाल्डोमा खस्ने गरेका छन् ।,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.