डब्लुएचओको नयाँ निर्देशिका : हावाको गुणस्तर सुधार्नै पर्ने दबाबमा नेपाल

७ असोज ७८, शुक्रबार

काठमाडौं: विश्व स्वास्थ्य संगठन (डब्लुएचो)ले वायुको अधिकतम सुरक्षित तह घटाइदिएपछि नेपालजस्ता अति प्रदूषणयुक्त मुलुक झनै दबाबमा परेका छन् ।

डब्लुएचओले १५ वर्षअघिको निर्देशिका परिमार्जन गरेर पिएम २.४ र पिएम १० भनिने सुक्ष्म कणको अधिकताम मात्रा साविकभन्दा क्रमश: झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पिएम २.५ को मात्रा १५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी भएमा त्यो हावा प्रदूषित मानिनेछ, जसले मानव स्वास्थ्यलाई हानि पुर्याउँछ ।

सन् २००५ को निर्देशकामा यस्तो मात्रा २५ तय भए पनि १५ वर्षको अध्ययनमा सो मापदण्डभित्र रहेको हावा पनि हानिकारक पाइएपछि डब्लुएचओले घटाइदिएको हो । अब यो मापदण्ड वार्षिक औसत ५ भन्दा बढी हुनुहुँदैन । ‘काठमाडौंको हावा यसअघि नै डब्लुएओको मापदण्डा भन्दा पाँच गुणासम्म बढी प्रदूषित थियो, नयाँ मापदण्डअनुसार त १० गुणा हुने भयो,’ वातावरणविद् भूषण तुलाधरले भने, ‘अच्वस्छ हावा बढ्यो भनेर आत्तिने होइन, घटाउनतिर लाग्नुपर्यो । न्युनीकरण गर्न नसकिने भन्ने हुँदैन।’

नेपालले सन् २०१२ यता पिएम २.५ को मापदण्ड २४ घण्टामा ४० अंकसम्म पुग्दा स्वच्छ हावा मान्दै आएको छ । तर, वायु प्रदूषणको अवस्था पहिले सोचिएभन्दा खतरनाक रहेको निष्कर्ष निकालेको डब्लुएचओले कुल वायुको गुणस्तरको मापदण्ड मात्र होइन, प्रदूषणमा मुख्य भूमिका रहने नाइट्रोजन डाइअक्साइडजस्ता रसायनको अधिकतम सुरक्षित तह पनि झारिदिएको छ । कोप २६ सम्मेलनअघि नै उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न डब्लुएचओले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई बुधबार आह्वान पनि गरेको छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top