मोरङ बुढीगंगामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मोरङ बुढीगंगामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

८ असाेज, विराटनगर ।

मोरङकाे बुढीगंगामा गाउँपालिका-१ शान्ती चौकमा बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका- ८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् ।

बिहीबार बेलुका करिब ६ बजे विराटनगर आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेललाई  नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.