नारायणहिटी दरबार सङ्ग्रहालयबाट श्रीपेच चोर्न खोज्ने व्यक्ति पक्राउ

८ असाेज, काठमाडौं ।

Advertisement

नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज चार्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान श्रीपेज निकाल्न खाेज्ने ती व्यक्तिलाई सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको हो।

नारायणहिटी सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले श्रीपेज निकाल्न खोज्ने व्यक्तिलाई निर्यन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए। बिहान अवलोकन गर्ने पुगेका पश्चिम रुकुम मसिकोट ११ का खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेज निकाल्ने प्रयास गरेका थिए । घर्तीले देशलाई राजा आवश्यक रहेको र आफू राजा भएको भनेर हल्ला गर्दै श्रीपेच निकाल्न खोजेको एक प्रत्यक्षदर्शीले जानकारी दिए।

Advertisement

सिसा फुटाउँदा उनको हात समेत काटिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top