धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

७ असोज ७८, शुक्रबार

८ असाेज, बेनी।

म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ। यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो ।

धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन्। सरकारले भदौ दोस्रो सातादेखि हिमाल आरोहण खुलाएसँगै धौलागिरिको आरोहण र भ्रमण गर्न बाह्य तथा आन्तरिक पर्यटक आउन थालेका छन् ।

“अधिकांश आरोही, पर्यटक, पथपर्दशक, भरियालगायत हेलिकोप्टरमार्फत आधार शिविर पुग्न थालेका छन्”, धौलागिरि–४ बगरका सुकबहादुर सुनारले भने, “यस याममा ६ शेर्पा मात्र पदमार्ग हुँदै आधार शिविर गएका छन्।” हेलिकोप्टरको प्रयोग गरी झण्डै ८० जना आधार शिविर पुगेका उनले बताए। केही पर्यटक मुस्ताङको मार्फा हुँदै आधार शिविर पुगेका छन् ।

अघिल्ला वर्षहरुमा एउटा याममा दुई पटकसम्म खच्चडबाट सामान ढुवानी गरी आधार शिविर पुर्याउने गरिन्थ्यो। यस पटक भने पदमार्ग हुँदै पर्यटकको आगमन भएको छैन। केही वर्षयता धौलागिरि जाने पर्यटकले हेलिकोप्टरको प्रयोग बढी गर्न थालेका छन्। काठमाडौँबाट विभिन्न सवारीसाधन प्रयोग गरी धौलागिरि–७ ताकम र त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुग्ने क्रम बढेको छ ।

पदमार्ग सुनसान बन्दा स्थानीय होटल व्यवसायी र खच्चड व्यवसायी मारमा परेका छन्। आधार शिविरमा पर्यटकको बाक्लो उपस्थिति हुँदा पदमार्गअन्तर्गतका दोभान र इटाली क्याम्पका होटल पूर्णरुपमा सञ्चालन हुन सकेका छैनन्। पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा पर्यटक महँगो शुल्क तिरेरै हेलिकोप्टरमा गन्तव्यतर्फ लाग्ने गरेका छन्। पछिल्लो समय पदमार्गमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले समेत पदमार्ग निर्माण गर्दै आएका छन् भने सञ्चारको पहुँचसमेत बढाउँदै लगिएको छ ।

अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धौलागिरि पदमार्गको यात्रा साहसिक मानिन्छ। भदौ अन्तिम सातादेखि आधार शिविरमा ओरोही पुग्ने क्रम बढेको छ। यस याममा आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविरमा पुगेका छन् । ‘सेभेन समिट ट्रेक्स’बाट आरोहणका लागि ४६ जनाको टोली आधार शिविरमा पुगेको छ। ‘पाइनर एडभेन्चर’ र ‘हिमालयन गाईड’मार्फत पनि पर्वतारोही आधार शिविरमा पुगेका छन् ।

सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाई भारी वर्षा र ७२ घण्टे पीसीआर रिपोर्टको मापदण्डका कारण अधिकांश आरोही म्याग्दीबाट हेलिकोप्टरमा आधार शिविर पुगेको बताउँछन्। उनीहरु विभिन्न सवारी साधनमा धौलागिरि–७ ताकम र मङ्गला गाउँपालिकाको बाबियाचौर हुँदै त्यहाँबाट हेलिकोप्टरमा आधार शिविर पुगेका हुन् ।

“हाम्रो व्यवस्थापनमा यस याममा २६ विदेशी र २१ नेपाली पर्वतारोहीले धौलागिरिको आरोहण गर्दै छन्”, उनले भने। धौलागिरिको पहिलो आरोहणको तयारीमा रहेकी पत्रकार पूर्णिमा श्रेष्ठले आफू मार्फा हुँदै पदमार्ग भएर आधार शिविरतर्फ प्रस्थान गरेको जानकारी दिइन्। उनले गत वर्ष वैशाखमा नेपाली महिलाको तर्फबाट पहिलोपटक धौलागिरिको सफल आरोहण गर्ने प्रयास गरेकी थिइन् ।

“त्यो बेला आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएपछि आरोहण स्थगित गर्यौं”, उनले भनिन्। यस पटक तीन महिला पुनः आरोहणका लागि आधार शिविर गएका छन्। पदमार्ग पहिराका कारण जोखिमपूर्ण रहेको श्रेष्ठले बताइन् ।

दुई कीर्तिमानको प्रयास गरिँदै

यस पटक धौलागिरिमा दुई कीर्तिमानका लागि प्रयास गरिँदै छ। नेपाली महिला टोली पहिलो पटक धौलागिरि आरोहणको कीर्तिमानको तयारीमा छ ।

पूर्णिमा श्रेष्ठ, पासाङल्यामु शेर्पा र माया शेर्पा आरोहणको तयारीमा छन्। उक्त टोलीले अघिल्लो याममा अन्नपूर्ण हिमालको कीर्तिमानी आरोहण गरेको थियो। नेपाली महिलाले अहिलेसम्म धौलागिरिको आरोहण गर्न सकेका छैनन्। यस्तै, सबैभन्दा बढी उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाउने प्रयास समेत यस पटक गरिँदै छ। स्पेनका ८२ वर्षीय कार्लोस सोरिया सो कीर्तिमान बनाउने प्रयास गर्दै छन् ।

उनी सेभेन समिटको व्यवस्थापनमा धौलागिरि आरोहणका लागि आधार शिविर पुगिसकेका छन्। धौलागिरि हिमाल आरोहण गर्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसले दुई दशकयता ११औँ पटक प्रयास गर्दा पनि धौलागिरिको शिखरमा पाइला राखेका छन्। गत वैशाखमा समेत कार्लोसले धौलागिरि आरोहणको प्रयास गरेका थिए ।

कार्लोसले आफ्नो ६० देखि ८२ वर्षको उमेरमा नेपालका सगरमाथा, चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजङ्गा, अन्नपूर्णसमेत आठ हजार मिटर अग्ला १२ हिमालको अरोहण गरिसकेका छन्। कीर्तिमानको प्रयासमा रहेका दुवै टोलीले यही असोज २९ गतेसम्ममा धौलागिरि आरोहण गरीसक्ने योजना बनाएको छ । रासस

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top